विराटनगर ६ साउन । आज साउन महीनाको पहिलो सोमबार हो । आज बिहानैदेखि देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । साउने सोमबारका अवसरमा बिहानै देखि मन्दिरहरुमा पुजापाठ गर्ने भत्तजनहरुको भिड लागेको हुन्छ । यता विराटनगरको विराटनगरमा रहेका विभिन्न स्थानका शिव मन्दिरहरुमा पनि भत्तजनहरुको विहानैदेखि डि लागेको छ ।
साउन महीना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले मन्दिरहरुमा भरिभराउ हुन्छ । विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ ।
यस वर्ष साउनमा चार वटा सोमबार परेको छ । साउन ६, १३, २० र २७ गते सोमबार परेको छ । पहिलोपटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट शुरु गर्नुपर्छ भन्ने मान्यता समेत छ । विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेले अन्तिम सोमबार गोदान, पूर्णपात्र सहित कामना पूर्ण होस् भनी व्रत समापन गरिन्छ ।
सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ। यो व्रत विधि सूर्योदय देखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ । दिनको तेस्रो प्रहर अर्थात करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ।
साउन शिवजीसँग जोडिएको महिना हो। साउन महिनामा पूजा गरे सवै देवताको पुजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ। हिन्दु धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ। यो महिनामा व्रत, दान, पूजापाठ, आदि गर्दा धेरै गुना बढी फल प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ।
यसरी जल चढाउने परम्परालाई भक्तजनले बोल बम भन्छन् । पहेँलो कपडा लगाएका भक्तजन हातमा काँवरसहित घडामा जल लिएर खाली गोडा बोल बम उच्चारण गर्दै ठूला नदिबाट जल ल्याएर महादेव मन्दिरलगायत बीच बाटामा पर्ने शिवालयमा पनि शुद्ध जल चढाउँछन् । भगवान् शिवलाई जलधारा प्रिय हुने भएकाले साउन महीनामा नदीबाट शुद्ध जल, गाईको दूधलगायत अर्पण गर्ने परम्परा छ । वर्षमा एक पटक साउन महीनामा घर घरमा वैदिक रुद्राभिषेक गर्ने परम्परासमेत नेपाली समाजमा चल्दै आएको छ । यसरी रुद्राभिषेक गरेमा घरमा नराम्रो शक्तिको प्रवेश नहुने सुख शान्ति एवं ऐश्वर्य प्राप्ति हुने पौराणिक मान्यता समेत छ ।