मोरङको धनपालथान गाउँपालीकामा खेत जोत्दै गर्दा चट्याङ लागेर हलीको मृत्यु, हल गोरु पनि मरे

<span class='c1'>मोरङको धनपालथान गाउँपालीकामा खेत जोत्दै गर्दा चट्याङ</span> <span class='c2'>लागेर हलीको मृत्यु, हल गोरु पनि मरे</span>

विराटनगर ६ साउन । खेत जोत्दै गरेको अवस्थामा चट्याङले लागेर मोरङको धनपालथान गाउँपालिका–३ सोराभागका ५० वर्षीय श्याम मण्डलको सोमबार घटनास्थलमै मृत्यु भएको छ ।
घरदेखि लगभग दुई सय मिटर पर जोत्दै गरेको अवस्थामा परेको चट्याङ्ले उनको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर कवीन्द्र कार्कीका अनुसार मण्डल धान रोप्नका लागि खेत हिल्याउँदै थिए । चट्याङले खेत जोत्दै गरेका एक हरु गोरु पनि मरेका छन् । मण्डलको शव जिल्ला अस्पताल रंगेलीमा पोस्टमार्टम गरेर परिवारका सदस्यको जिम्मा लगाइएको छ ।
त्यस्तै चट्याङले लागेर मोरङकै सुनवर्षी नगरपालिका–९ पार्वती टोलकी २८ वर्षीय लक्ष्मीदेवी केविरथ घाइते भएकी छन् । आफ्नै घरमा बसिरहेका बेला चट्याङले लागेर घाइते भएकी उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । युवतीको चट्याङले कान र टाउकोमा चोट लागेको छ । चट्याङले स्थानीय श्रवण सहनीको विद्युत मिटर बक्समा पनि क्षति गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै पथरीशनिश्चरे नगरपालिका–२ प्रगति टोलका प्रकाश दाहालको घरमा रहेको टिभी र मल्टी प्लग बोर्डमा चट्याङले क्षति पु¥याउँदा २५ हजार रुपैयाँ बराबरको क्षति भएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्