विराटनगर ६ साउन। एनआइसी एशिया बैंकले विराटनगर महानगरपालिकामा काउन्टर सञ्चालनमा ल्याएको छ। मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नं. ७ स्थित कार्यालयमा सञ्चालनमा ल्याएको हो।
बैंकको काउन्टरको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले गरेका हुन्। बैंकले मुलुकभर २ सय ९२ शाखा कार्यालयहरु, ३०२ एटिएम, ५० वटा एक्सटेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।