विराटनगरको गोग्राहा चोेकमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

विराटनगरको गोग्राहा चोेकमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

विराटनगर, ७ साउन ।
विराटनगर महानगरपालिका वडानम्बर ३ मा एम्बुलेन्सको ठक्करबाट एकजनाको ज्यान गएको छ । आज बिहान बिराटनगर मनपा ३ गोग्राहा चोक स्थित कोशी राजमार्गमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको ज १ च ११९५ नं. को एम्बुलेन्सले पैदल यात्रीलाई ठक्कर दिएको हो ।

धनुषा नेशनल पोलिक्लिनिक बिरेन्द्रबजार धनुषाको उम्बुलेन्सले सप्तरी राजविराज नगरपालिका ६ की ५५ बर्षिय उर्मिलादेवी झालाई ठक्कर दिँदा उनको न्युरो अस्पताल बिराटनगर ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिउजुले जानकारी दिनुभयो ।

ठक्कर दिने एम्बुलेन्स र एम्बुलेन्स चालक जिल्ला धनुषा बिरेन्द्रबजार नगरपालिका १ बस्ने वर्ष २२ का दिपकुमार मुखियालाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्