चट्याङले लागेर बुढीगंगामा एक जनाको मृत्यु

चट्याङले लागेर  बुढीगंगामा एक जनाको मृत्यु

विराटनगर, ७ साउन ।
मोरङको बुढीगंगा गाउँपालिकामा चट्याङ लागेर एकजनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिउजुका अनुसार मध्यान्ह खेतमा काम गरिरहेको अबस्थमा बुढीगंगा गाउँपालिका ७ का रामेश्वर विश्वासको ज्यान गएको हो ।

बुढीगंगा ७ पर्सावानी बस्ने बर्ष ३० को रामेश्वर बिश्वास आफ्नै खेतमा काम गरिरहेको अबस्थामा अचानक चट्याङ लागेर ज्यान गएको हो । उनको घटना स्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ । उनको शवको आबश्यक कानुनी प्रक्रिया पुरा गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । हिजो मात्र पनि मोरङकै धनपालथान गाउँपालिकामा खेतमा जोत्दै गरेका एकजनाको चट्याङ लागेर ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्