जहादा गाउँपालीकामा माछा मार्ने क्रममा पोखरीमा डुवेर किशन लालको ज्यान गयो

जहादा गाउँपालीकामा माछा मार्ने क्रममा पोखरीमा डुवेर किशन लालको ज्यान गयो

विराटनगर ७ साउन । मोरङको जहदा गाउँपालीका वडा नम्बर १ मा माछा मार्ने क्रममा पोखरीमा डुवेर एक वृद्धको मृत्यु भएको छ ।
घरबाट माछा मार्न भनेर हिडेका ६० बर्षिय किसनलाल राजवंशीको सोमबार ज्यान गएको प्रहरीले जनाएको छ । घरदेखी करिब २ किलो मिटर टाढा रहेको पोखरीमा डुवेको अवस्थामा राजवंशीको शव भेटिएको ईलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिए । उनका अनुसार माछा मार्ने क्रममा पोखरीमा डुवेको अवस्था देखिन्छ,‘राजवंशी डुवेपछि पौडिन नजानेर डुवेको हुन सक्ने अनुमान गरिएको छ ।’ राजवशीको सोमबार नै कोशी अञ्चल अस्पतालमा पोष्टमार्टम गरिएको छ । राजवंशीका स्थानिय कृषक हुन् । उनका एक श्रीमती र २ छोरा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्