विराटनगरको नर्सिङ होममा बिरामीको मृत्युपछि अस्पतालमा प्रदर्शन, ८० हजार छुट गरिदिएर सहमति

विराटनगरको नर्सिङ होममा बिरामीको मृत्युपछि अस्पतालमा प्रदर्शन, ८० हजार छुट गरिदिएर सहमति

विराटनगर,७ साउन । शल्यक्रिया गरिएकी एक महिलाको मृत्यु भएको भन्दै विराटनगरको विराट नर्सिङ होममा मंगलबार प्रदर्शन गरिएको छ ।
प्रदर्शनका कारण अस्पताल केही बेर तनावग्रस्त बनेको थियो । ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरेर स्थितीलाई नियन्त्रणमा लिइएको छ ।
सुनसरीको बर्जु गाउँपालिका–१ की ३५ वर्षीय सुलोचनादेवी कामतको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।


तर उपचारमा चिकित्सकले लापरबाही गरेको र मृत्यु भइसक्दा पनि अस्पतालले पैसा असुल्न खोजेको भन्दै चिकित्सकलाई कारबाही हुनु पर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिनु पर्ने तथा बिरामीका परिवारसँग अनआवश्यक रुपमा गर्ने गरिएको असुली बन्द हुनु पर्ने माग गर्दै आफन्त र स्थानीय बासिन्दाले अस्पताल परिषरमा प्रदर्शन गरेका हुन् ।
मृतकका आफन्त सुरज कामतका अनुसार असार ३१ गते अस्पतालमा भर्ना गरिएकी कामतको उच्च रक्तचापको असरले टाउकोमा रगत जमेको भन्दै गत शुक्रबार डा. विवेक बैद्य नेत्रृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेको थियो । शल्यक्रिया र उपचारमा चिकित्सकले ध्यान नदिँदा बिरामीको मृत्यु भएको उनीहरुको आरोप छ ।

यता अस्पताल प्रशासन र मृतकका आफन्तबीच भएको वार्ता निस्कर्षमा पुगेपछि परिवारका सदस्य शव बुझ्न राजी भएका छन् । अस्पतालका प्रशासन प्रमुख पदम विनाडीले ब्रेनह्याम्रेजका कारण बिरामीको मृत्यु भएको जानकारी चिकित्सकले गराएको र उपचारमा कुनै लापरबाही नभएको बताए । ‘अरु अस्पतालबाट रेफर हुँदै आएका कारण बिरामीलाई यहाँ ल्याउन पनि ढिला भइसकेको थियो,’ उनले भने, ‘शल्यक्रियापछि बिरामीलाई जे पनि हुन सक्छ भनेर अगाडि नै परिवारसँग सहमति लिएर नै शल्यक्रिया गरिएका कारण चिकित्सकको लापरबाही भनेर दोष लगाउन मिल्दैन ।’

 


उनका अनुसार बिरामीको स्वास्थ्य अवस्था राम्रो नभएका कारण पछि मृत्यु पनि हुन सक्ने जानकारी शल्यक्रिया अघि नै परिवारलाई गराइएको थियो । मृतक पक्षसँग भएको वार्तामा अस्पतालले उपचार वापत तिर्न बाँकी रहेको ८० हजार रुपैयाँ छुट गरिदिने अस्पतालले जनाएको छ । ‘उपचारको दुई लाख ४५ हजार रुपैयाँ तिर्नु पर्ने रहेछ,’ विनाडीले भने, ‘अस्पतालले ८० हजार छुट गरिदिएर मृतक परिवारले एक लाख ६५ हजार तिर्ने सहमति भयो । शल्यक्रिया गरिएकी महिलाको मंगलबार बिहान ९ बजे मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्