पथरीको जङ्गलमा फेरी महिलाको शव भेटियो

<span class='c1'>पथरीको जङ्गलमा फेरी</span> <span class='c2'>महिलाको शव भेटियो</span>

विराटनगर ७ साउन । मोरङको पथरी शनिश्चरे – १० स्थित पशुपति सामुदायिक वन क्षेत्रमा एक जना महिलाको शव फेला परेको छ ।
स्थानीयले घाँस काटन जादा शव भेटेको प्रहरीले जनाएको छ । स्थानीयको सूचना पछि प्रहरीले घट्नास्थललाई नियन्त्रणमा लिएको छ । महिलाको शव फेला परेको भए पनि अनुहार चिनि नसक्ने अवस्थामा भएकाले पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार रुखमुनी शव फेला परेको छ । रुख माथि एउटा सल फेला परेको छ । यस अघि पनि एउटा पुरुषको शव जंगलमा फेला परेको थियो । पथरीमा पछिल्लो समय हत्याका घट्ना र शव भेटिने क्रम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्