विराटनगरमा तुलसा हस्पिटलद्धारा आमा र बच्चाको निशुल्क स्वास्थ्य शिविर

विराटनगरमा  तुलसा हस्पिटलद्धारा आमा र बच्चाको निशुल्क स्वास्थ्य शिविर

विराटनगर, ७ साउन ।
विराटनगरमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलको विस्तारित शाखा तुलसा मदर एण्ड चाइल्ड हस्पिटलले आमा र बालबालिका लक्षित निःशुल्क स्वास्थ शिविर संचालनमा ल्याएको छ । हस्पिटलले ‘स्वस्थ आमा सम्पन्न परिवार ः स्वस्थ बच्चा उज्जव भविष्यको आधार’ भन्ने मुल नाराका साथ निःशुल्क स्वास्थ्य शिविर संचालनमा ल्याएको हो ।
हस्पिटलले पहिलो चरणमा विराटनगरवासीलाई लक्षितगरि शिविर आयोजना गरेको जनाएको छ । विराटनगरका बिद्यालयहरुमा पढ्दै गरेका आमा र बच्चाको एकै साथ स्वास्थ्य परिक्षणको लागि शिविर संचालनमा ल्याइएको हो । निः शुल्क स्वास्थ्य शिविरले विगत एक महिनामा मात्रै ६ वटा बिद्यालयका बालबालिका तथा उनिहरुका आमाहरुलाई सेवा प्रदान गरेको अस्पतालकी निर्देशक अनिषा विष्टले जानकारी दिईन् ।
हस्पिटलका संस्थापक तथा बरिष्ठ न्युरोलोजिस्ट डा. बिरेन्द्रकुमार बिष्टले भोलीका देशका कर्णधार बालबालिकाहरु नै भएकाले स्वस्थ समाज निर्माण हेतु तुलसा हस्पिटलले निशुल्क स्वास्थ्य शिविर संञ्चालनमा ल्याएको बताए । हस्पिटलले यस अघि भानु स्कुल , होलिल्याण्ड स्कुल , कान्तिपूर स्कुल , गौतम बुद्ध मेमोरीयल स्कुल , देबकोटा स्कुल , मदर टेरेसा स्कुलमा स्वास्थ्य शिविर संञ्चालन गरि बिरामीको निःशुल्क उपचार गरिएको निर्देशक अनिषा विष्टले जानकारी दिए ।
शिविरमा तुलशा हस्पिटलका बरिष्ठ स्त्री तथा प्रशुति रोग विशेषज्ञ रेणुकका राठी , बरिष्ठ बालरोग विशेषज्ञ सुरेश प्रसाद साह , छाला रोग विशेषज्ञ डा. सुनिता काकी , वरिष्ठ दन्त रोग विशेषज्ञ डा सुधिर श्रेष्ठ , दन्त रोग विशेषज्ञ मनोज कुमार सरदार , डा. रवि आचार्यले परिक्षण गरेका थिए ।
विशेष गरि मातृ तथा बाल रोग सेवासँग सम्बन्धित जनचेतनाको अभिवृद्धिका लागि यस खालको कार्यक्रमको आयोजना गरेको अस्स्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्