यी हुन् असार महिनका उत्कृष्ट ट्राफिक प्रहरी विराटनगरका तुलामणी आचार्य

यी हुन् असार महिनका उत्कृष्ट ट्राफिक प्रहरी विराटनगरका तुलामणी आचार्य

विराटनगर, ७ साउन । अस्थायी ट्राफिक प्रहरी पोष्ट निमुवामा कार्यरत प्रहरी सहायक निरीक्षक तुलामणी आचार्य असार महिनको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन् ।
विभागीय नीति अनुसार आफुलाई दिईएको जिम्मेवारी अनुशासित ढंगबाट लगनशिल भई प्रभावकारी ट्राफिक व्यवस्थापन एवं सवारी दुर्धटना न्युनिकरणको लागि उत्कृष्ट काम गरेको भन्दै आर्चाय असार महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका हुन् । साथै उनले विभिन्न सरोकारवाला निकाय, स्थानीय तहसंग समन्वय र सहकार्य गरी कोशी राजमार्गको २ स्थानमा ट्राफिक आईल्याण्ड निर्माण, डिभाईडर राखिएको ६ स्थानमा डमीमा ट्राफिक प्रहरी राखेकोले पनि उनलाई उत्कृष्ट घोषणा गरिएको हो ।
अहिलेसम्म उनको नेतृत्वमा चालकसंग ५ मिनेट कार्यक्रमबाट ३ सय ६६ जना चालकलाई प्रशिक्षण गरिसकेका छन् । ३४ बटा ट्याक्टरमा रिफ्लेक्टर टाँस गरेको, आम सडक प्रयोगकर्ताहरुलाई ट्राफिक नियम सम्बन्धी सचेतना अभिबृद्धी गराउने, सरोकारवाला निकायहरुसंग समन्वय गरी आवश्यक स्थानमा ट्राफिक संकेत बोर्ड र सडक रेखा (जेब्राक्रस) निर्माण गरेका छन् ।
साथै समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ट्राफिक जनचेतनामुलक कार्यक्रम संचालन गरी प्रशंसनिय कार्य गरेकोले निजलाई असार महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषणा गरिएको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्