एसियाली क्षेत्र छनोट : नेपालले आज मलेसियासँग खेल्दै , वर्षा बाधक

एसियाली क्षेत्र छनोट : नेपालले आज मलेसियासँग खेल्दै , वर्षा बाधक

काठमाडौं । आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले आज मलेसियासँग खेल्दैछ ।

पहिलो खेलमा हिजो कतारसँग पराजित नेपालको यो दोस्रो खेल हो । आजको खेल जित्दै नेपाल प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा छ ।सिंगापुरमा जारी प्रतियोगिताका लागि नेपालले दुई हप्ता मलेसियामा अभ्यास गरेको थियो ।

सो क्रममा मलेसियासँग खेलेका दुई खेलको टि–ट्वेन्टी श्रृंखला नेपालले जितेको थियो । त्यसैले पनि आजको खेलका लागि नेपाली टोलीको मनोबल उच्च छ ।हिजोको खेलमा भने नेपाललाई कतारले ४ विकेटले पाखा लगायो ।

नेपालले दिएको १ सय २३ रनको सामान्य लक्ष्य कतारले खेलमा ४ बल बाँकी छँदा ६ विकेट गुमाएर पुरा गर्‍यो ।कतारको जितमा ईनाम उल–हकले सर्वाधिक ४१ रन जोडे । नेपालका सन्दिप लामिछानेले ३ विकेट लिए ।

प्रतियोगितामा नेपाल र कतारसहित आयोजक सिंगापुर, मलेसिया र कुवेत सहभागी छन् । प्रतियोगिताको विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

आगामी अक्टोबर र नोभेम्बरमा युएईमा हुने ग्लोबल छनोटमा विश्वका विभिन्न १४ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यी १४ मध्ये शीर्ष ६ टोली सन् २०२० मा अस्ट्रेलियामा हुने विश्वकप टि–ट्वेन्टी क्रिकेटका लागि छानिनेछन् ।

खेल अहिले वर्षाको कारण सुरु हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्