बिराटनगरमै बेलायतको शिक्षा पाएपछि भारत सम्मका बिद्यार्थी मेरिल्याण्डको डिग्रीमा आकर्षित

बिराटनगरमै बेलायतको शिक्षा पाएपछि भारत सम्मका बिद्यार्थी मेरिल्याण्डको डिग्रीमा आकर्षित

बिराटनगर साउन ८ , अन्तरास्ट्रिय शिक्षा लिन कि काठमान्डौ नभए विदेश नै जानुपर्ने अवस्थामा बिराटनगरमा संचालित मेरील्याण्ड कलेज विराटनगरले अन्तराष्ट्रिय स्तरको पढाई यूकेको युनिभरसिटी अफ वल्भरह्याम्टनको स्नातक तह (बिबिएम) स्वदेशमै सञ्चालनमा ल्याएपछि विद्यार्थीको आकर्षण बढ्न थालेको छ ।

थोरै खर्च अनि स्वेशमै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोे मेरील्याण्ड कलेजले ५ वर्षदेखी उक्त कोर्ष सञ्चालनमा ल्याएको हो । बिराटनगरको भृकुटी चोकस्थित कलेजबाट पहिलो ब्याच दीक्षित भइसकेको छ। कलेजमा अन्तराष्ट्रिय स्तरको शिक्षण विधि लेक्चर , ट्युटोरिएल र वर्कशपमा पढाइ हुने कलेजका बिजेनेश  डेभलपमेन्ट प्रमुख बिबेक दाहालले जानकारी दिए ।

नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृत तथा नेपालकै त्रिभुवन विश्वबिद्यालयबाट समानताको डिग्री भएका कारण बिद्यार्थीले उक्त डिग्री पढेर नेपाल साथै विश्वका जुनसुकै मुलुकमा रोजगारी तथा पढाइको लागि जान सक्ने दाहालले बताए ।

[caption id="attachment_64286" align="alignnone" width="960"] कलेजको लेक्चर हल[/caption]

कलेजका पहिलो ब्याचका ३ जना बिद्यार्थीले भर्खरे लोक सेवा अन्तर्गत नेपाल बैंकमा नाम निकालेर हाल काम गरिरहेको पनि उनले जनाए ।  उनका अनुसार हाल पहिलो ब्याचका ९५ प्रतिशत बिद्यार्थी रोजगारी तथा स्वरोजगारको रुपमा काम गरिरहेका छन् ।

बेलायतको वल्भरह्याम्टन विश्वबिद्यालयको साझेदारीमा बेलायती विश्वविद्यालयको डिग्री बिराटनगर मै हासिल गर्न सक्ने वातावरण कलेजले सिर्जना गरेको छ ।

कलेजमा अध्ययनरत विद्यार्थीले विभिन्न अवसरमा शैक्षिक भ्रमणमा विदेश जान पाउने कलेजले जनाएको छ । मेरिल्याण्ड कलेज बिराटनगरबाट हरेक बर्ष २ जना १५ दिनको शिक्षिक क्याम्पमा बेलायत जाने गरेका छन् भने १० जना विद्यार्थी युनिभर्सिटी अफ थाइ च्याम्बर अफ कमर्सको सहकार्यमा थाइल्याण्ड जाने गरेका  छन्  । हाल कलेजका २ जना बिद्यार्थी सदिक्षा बास्कोटा र आयुशी आग्रवाल बेलायतमा रहेका छन् ।

[caption id="attachment_91242" align="alignnone" width="960"] कलेजका सदिक्षा बास्कोटा र आयुशी आग्रवाल बेलायतमा[/caption]

[caption id="attachment_59697" align="alignnone" width="1642"] कलेजको दिक्षान्त समारोह[/caption]

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजमा बेलायतको बिजनेस डिग्री  सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा हाल मेरिल्याण्ड कलेज बिराटनगर , इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं , इटहरी इन्टरनेसनल कलेज ,इन्फोर्म्याटिक्स कलेज पोखरा संचालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्