प्रदेश १ मा बाढी-पहिरोबाट २९ को मृत्यु, लिम्चुङबुङ र ताप्लीमा हेलिकोप्टरबाट खाद्यान्न वितरण गर्ने

<span class='c1'>प्रदेश १ मा बाढी-पहिरोबाट २९ को मृत्यु,</span> <span class='c2'>लिम्चुङबुङ र ताप्लीमा हेलिकोप्टरबाट खाद्यान्न वितरण गर्ने</span>

विराटनगर, ९ साउन । प्रदेश १ सरकारले उदयपुरको लिम्चुङबुङ र ताप्लीमा हेलिकोप्टरबाट खाद्यान्न वितरण गर्ने निर्णय गरेको छ। लिम्चुङबुङ गाउँपालिका र ताप्ली गाउँपालिकामा अविरल वर्षा र पहिरोको कारण ती गाउँपालिका पुग्ने बाटो अवरुद्ध भएको र तत्काल बाटो खुलाउन सम्भव नभएकोले उक्त गाउँपालिकामा चरम खाद्यान्न अभाव भएको थियो।

खाद्यान्न अभावसँगै मानिस भोकभोकै बस्न बाध्य हुनु परेकोले हेलिकोप्टरमार्फत ७ दिनलाई पुग्ने गरी ७ सय क्विन्टल चामललगायत दाल, नुन र खाने तेल उपलब्ध गराउने प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश १ विपद् व्यवस्थापन कार्यकारी समितिले निर्णय गरेको हो। जिल्ला विपद व्यवस्थापन समिति, उदयपुरको मंगलबार बसेको बैठकबाट ती क्षेत्रमा खाद्यान्न उपलब्ध गराउन माग गर्दै प्रदेश सरकारलाई अनुरोध गरेको थियो। ती दुई पालिकामा झण्डै ६ हजार घर परिवारले खाद्यान्न अभाव झेल्दै आएको बताइएको छ।

प्रदेश विपद् व्यवस्थापन समितिले हेलिकोप्टर उपलब्ध गराइदिन गृहमन्त्रालयलाई अनुरोध गरेको छ। बैठकले ताप्ली र लिम्चुङबुङ गाउँपालिका पुग्ने अवरुद्ध सडक सुचारु गर्नका लागि प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले संघीय निकायसँग समन्वय गरी तत्काल कार्य अघि बढाउने निर्णय पनि गरेको छ। खाद्यान्न व्यवस्थापनका लागि नेपाल खाद्य संस्थानलाई रकम भुक्तानि गर्ने गरी आग्रह गर्ने र विश्व खाद्य कार्यक्रम नेपाल शाखा र उद्योग वाणिज्य क्षेत्र तथा अन्य संस्थालाई समेत खाद्यान्न सहयोगका लागि आग्रह गर्ने समितिले निर्णय गरेको छ।

प्रदेश १ मा बाढी पहिरोबाट २९ जनाको मृत्यु

यस्तै, बाढी पहिरोका कारण १ नम्बर प्रदेशमा २९ जना व्यक्तिको मृत्यु भएको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ। तथ्यांकअनुसार प्रदेशमा अझै ८ जना बेपत्ता भएका छन् भने २१ जना घाइते भएका छन्। प्रदेश सरकारले बेपत्ता व्यक्तिहरूको उद्धार र खोज कार्यलाई तदारुकताका साथ अगाडि बढाउने,   घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने, विस्थापित परिवारलाई राहत र पुनर्स्थापनाको कार्यलाई सम्बन्धित सबै निकायहरूको समन्वय र सहकार्यमा प्रभावकारी ढंगबाट अगाडि बढाउने निर्णय पनि गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्