चलचित्र निर्माता छवि र नायिका शिल्पा विरुद्ध पक्राउ पूर्जी जारी, किन मौन छिन रेखा थापा?

चलचित्र निर्माता छवि र नायिका शिल्पा विरुद्ध पक्राउ पूर्जी जारी, किन मौन छिन रेखा थापा?

काठमाण्डौ, ९ साउन । चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत काठमाण्डौले बहुविवाहसम्बन्धी कसुरमा अनुसन्धान गर्न दुवैलाई पक्राउ गर्न अनुमति दिएकाे हाे ।

हेमा ओझाले पहिलो श्रीमतीको रुपमा आफू हुँदाहुँदै निर्माता छविराज ओझा र नायिका पोखरेलले बहुविवाह गरेकाले दुवैलाई कारबाही गर्न माग गर्दै उजुरी दर्ता गरेकी थिइन् ।

हेमा ओझाले महानगरीय प्रहरी परिसर गौशालामा उजुरी गरेकी थिइन् । महिलासम्बन्धी मुद्धा महिला प्रहरी सेल कालिमाटीले हेर्ने भएकाले पक्राउ पूर्जी पनि त्यहीँबाट काटिएको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । पक्राउ पूर्जी जारी भएसँगै प्रहरीले दुवैलाई खोजिरहेको पनि उहाँले बताउनुभयो ।

नायिका शिल्पाले निर्माता छविराज ओझासँग डिभोर्सको प्रक्रिया अघि बढाएका बेला हेमा ओझाले उजुरी दिएपछि  भने घटनाले नयाँ मोड लिएको छ ।

अभिनेत्री रेखा थापा बिन्दास जीवन छिउँछिन्। अझै उस्तै चञ्चल स्वभावकी छिन् र गम्भीर पनि भइहाल्छिन्। तर रेखा यसपाली भने एउटा महत्वपूर्ण विषयमा मौन छिन्। विषय बजार तताएको उही उनको पूर्व पति निर्माता छबि ओझा र अभिनेत्री शिल्पा पोखरेलको घर झगडाकै हो।अहिले छबि र शिल्पाको घर झगडा डिभोर्सतर्फ माडिसक्यो र त्यसबाट पनि अर्कै मोड आइसक्यो।

घटनाबारे सबै फिल्मकर्मीदेखि दर्शक जानकार छन्। कतिपय अभिनेत्री -अभिनेता छवि वा शिल्पाको पक्ष विपक्षमा खुलेरै लागेका छन्।

रेखा भने मौन छिन्। शिल्पाले एकपछि अर्को कन्ट्रोभर्सीमा रेखालाई तानेको तान्यै छिन्। ‘छबिले मुखमा एसिडै छ्यापिदिन्छु’ भन्दा पनि चुप लागेर बस्दा आफू भ्ररमा परेको भनेर रेखातिरै औँला ठड्याइरहेकी छिन्। तापनि रेखा मौन छिन्।

रेखाको अर्को छवि महिला सशक्तिकरणको पनि हो। प्रायः उनले फिल्म बनाउँदा नारीप्रधान बनाउने गरेकी छन्। तर, जसै उनले मौनता साँधिन्, उनलको व्यवहार र व्यवसाय फरक हो कि भन्नेहरु पनि देखिएनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्