प्रदेश १ : ताप्ली र लिम्चुङबुङवासीलाई विराटनगरबाट हेलिकोप्टरमा खाद्यान्न ढुवानी शुरु

<span class='c1'>प्रदेश १ : ताप्ली र लिम्चुङबुङवासीलाई</span> <span class='c2'>विराटनगरबाट हेलिकोप्टरमा खाद्यान्न ढुवानी शुरु</span>

विराटनगर,  ८ साउन । 
प्रदेश सरकारले उदयपुरको लिम्चुङबुङ र ताप्ली गाउँपालिकाका पहिलो प्रभावितहरुको लागि राहत पठाउने काम शुरु गरेको छ ।

प्रदेश १ सरकारको प्रदेश विपद् ब्यवस्थापन समितिको बैठकले उदयपुरको लिम्चुङबुङ र ताप्लीमा हेलिकोप्टरबाट खाद्यान्न वितरण गर्ने निर्णय गरेको छ। लिम्चुङबुङ गाउँपालिका र ताप्ली गाउँपालिकामा अविरल वर्षा र पहिरोको कारण ती गाउँपालिका पुग्ने बाटो अवरुद्ध भएको र तत्काल बाटो खुलाउन सम्भव नभएकोले उक्त गाउँपालिकामा चरम खाद्यान्न अभाव भएको थियो ।
पहिलो चरणमा दाल १८० किलो, चामल २ हजार १० किलो, तेल एक सय २० लिटर, नुन १ सय ५० किलो नेपाली शेनाको हेलिकोप्टरबाट पठाएको हो ।

चार पटक लगिने सामाग्रीमा चामल १९ हजार ९५ किलो दाल, ८ हजार १० किलो चामल, पाँचसय लिटर तेल र नुन ५ सय किलो पठाएको प्रदेश सरकारका प्रवक्ता आन्तरिम ममिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले जानकारी दिनुभयो । सबै सामाग्री आजै लिम्चुङबुङ र ताप्लीमा पठाईँदै छ । सामाग्री ओसार्न नेपाली शेनाको हेलिकोप्टर प्रयोग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्