ठूलो परिमाण लागु औषध र नगद सहित एक महिला विराटनगरबाट पक्राउ

<span class='c1'>ठूलो परिमाण लागु औषध र नगद</span> <span class='c2'>सहित एक महिला विराटनगरबाट पक्राउ</span>

विराटनगर ९ साउन । ईलाका प्रहरी कार्यालय रानी विराटनगरले ठूलो परिमाण लागु औषध सहित एक महिलालाई पक्राउ गरेको छ ।
प्रहरीले विहीबार विहान विराटनगर १५ राम जानकि मन्दिर छेउबाट त्यही बस्ने ३० बर्षिया अरजिना खातुनलाई पक्राउ गरेको हो ।


प्रहरीले शंखा लागी खातुनको झोला चेकचाँज गर्ने क्रममा लुकाई छिपाई ल्याईरहेको अवस्थामा लागु औषध बरामद गरेको हो ।
उनको साथबात लुपिजेसिक २०० एम्पुल, एभिल २०० एम्पुल, डाईजोल्याव २०० एम्पुल, स्पास्मो १४४ चक्की, नाईट्रेसन ३० चक्की, डाईजेल्याप ५ बोतल बरामद गरेको हो ।

साथै उनको साथबाट नगद रू २६ हजार सहित नियन्त्रणमा लिएको र अन्य आवश्यक अनुसन्धान कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्