विराटनगर ९ साउन । मोरङको जहादा गाँउपालीका एक बुधनगरमा खेत जोत्ने ट्याक्टर पल्टिएर चालकको मृत्यु भएको छ ।
जहदा गाउँपालीका एक बुधनगरका ३५ बर्षिय दिपक सरवरिया ट्याक्टरले खेत जोतिरहेको क्रममा अचानक ट्याक्टर पल्टिर स्टेरिङले च्यापिएर उनको घटना स्थल मै ज्यान गएकोे छ । स्थानिय कुल बहादुर गुरुङको खेत जोत्ने क्रममा विहीबार विहान १० बजेको समयमा ज्यान गएको स्थानिय जगरनाथ रायले आवर विराटनगरलाई जानकारी दिए । सरवरियाले जोत्दै गरेको को २ त ९०४६ नम्बरको ट्याक्टर रहेको रायले बताए
।
घटना पस्चात ईलाका प्रहरी कार्यालय रानी विराटनगरबाट खटि गएको प्रहरी टोलीले शवको सनाखत तथा मुचुल्का उठाई सकेको छ । शवलाई पोष्टमार्टमको लागी कोशी अञ्चल अस्पताल विराटनगर ल्याइएएको ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिए ।