मोरङको केराबारीबाट विप्लवका धनकुटा–मोरङ सेक्रेटरी दिपक राई पक्राउ

<span class='c1'>मोरङको केराबारीबाट विप्लवका धनकुटा–मोरङ</span> <span class='c2'>सेक्रेटरी दिपक राई पक्राउ</span>

विराटनगर, ९ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका धनकुटा– मोरङ सेक्रेटरी ४५ वर्षीय दीपक राईलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको केराबारी गाउँपालिका–३ घर भएका राईलाई बिहिबार बिहान पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए । सरकारले प्रतिबन्ध लगाएपछि राई फरार भएका थिए । केराबारी कै एउटा घरमा सेल्टर लिएर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको एसपी अधिकारीले बताए ।
बम विष्फोट, चन्दा आतंक, हतियार संकलन लगायतका धेरै घटनामा राईको संलग्नता देखिएपछि अनुसन्धान गर्ने काम भइरहको उनको भनाइ छ । मोरङ र धनकुटा बाहेक अन्य जिल्लामा विप्लव समूहले घटना घटनामा राईको संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्