विराटनगरको रानीमा भारतीय लहरीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु, स्थानीयको प्रदर्शन

<span class='c1'>विराटनगरको रानीमा भारतीय लहरीको ठक्करबाट मोटरसाईकल</span> <span class='c2'>चालकको  मृत्यु, स्थानीयको प्रदर्शन</span>

विराटनगर, ९ साउन ।
विराटनगरमा भारतीय लहरीको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गएको छ । ज्यान जानेमा विराटनगर १५ रानीका २२ वर्षीय अमर सिंह रहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । भारतबाट नेपाल तफै आउँदै गरेको एन एल ०१ डि ३६९० नम्बरको भारतीय लहरी ट्रकले बिआर ३८ आर ३२१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । लहरीको ठक्करबाट मोटरसाइकल चालक सिंहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिउजुले जानकारी दिए । ठक्कर दिने चालक फरार भएको र लहरी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । लहरीको ठक्करबाट स्थानीय युवाको ज्यान गएपछि स्थानीयले केहीबेर प्रदर्शन गरेका छन् । अहिले स्थानीयले घटनाको बिरोधमा रानीमा टायर बालेर प्रदर्शन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्