सुँगुर र कुखुराले विराटनगर महानगर हैरान, कार्यालयमा उजुरी पर्छ कार्वाही हुँदैन

<span class='c1'>सुँगुर र कुखुराले विराटनगर महानगर हैरान,</span> <span class='c2'>कार्यालयमा उजुरी पर्छ कार्वाही हुँदैन</span>

विराटनगर, १० साउन । कुखुरा र सुगुरका कारण उत्पन्न फोहरबाट दुर्गन्ध फैलिएका उजुरी बिराटनगर महानगरपालिकामा पछिल्लो समयमा मात्र आएको हैन । प्रसस्तै जनगुनासा सहित विराटनगर महानगरमा उजुरी पर्न पछिल्लो समय बाक्लिएको छ ।

विराटनगर महानगरपालिकाका अधिकांश वडामा सुँगुर र कुखुराको कारण समस्या देखिँदै आएको हो । केही वडाहरुमा यस्तो समस्या बढी रहेको छ । स्थानीयले उजुरी लिएर महानगरमा पुग्ने क्रम बढ्न थालेपछि महानगरले त्यस्ता क्षेत्रको पहिचान सहित समाधानको काम थालेको जनाएको छ ।
विराटनगर महानगरको न्यायीक समितिमा यसखाले उजुरी परेपछी उपमेयर इन्दीरा कार्की र वडा अध्यक्ष बद्री सरदार सहितको टोलीले विहिवार महानगरका वडा नम्बर १९ को धनपुरा टोलको अनुगमन गरेको छ ।
नहरको डिलमा दर्जनौको सख्यामा पालिएका सुगुरको मलमुुत्र र कुखुराहरुको सुलीका कारण दुर्गन्ध फैलिएकोे कारण स्थानीयहरुले सास्ती बेहोरिरहेका छन् । विना इजाजत नहरको छेउमा पालिएको सुँगुर र कुखुराका कारण दुर्गन्ध फैलिएको भन्दै स्थानीयले उपमेयर कार्कीलाई तत्काल हटाइदिन आग्रह गरे ।
स्थानीय सुनिल चौधरीले भने, ‘पैनीमा फोहर जानेगरी सयौको संख्यामा सुगुर पालेका छन्, हामी नजिकै घर भएकाहरुलाई हिँड्नै गाह्रो हुने गरेको छ ।’ सुनिलका अनुसार गाउँमा फैलिएको दुर्गन्धको बारेमा महानगरपालिकालाई जानकारी गराउँदा समेत कसैले चासो नदिँदा दुख लागेको छ । उपमेयरलाई समस्या सुनाउँदै उनले तत्काल यो समस्या समाधान गरिदिन आग्रह गरे ।
अनुगमन पछी न्यायीक समितिकी संयोजक उपमेयर कार्कीले तत्काल समस्या समाधानका लागि पहल थालिने आश्वासन दिईन् । उनले तत्काल सम्वन्धित धनीलाई ब्यवस्थित रुपमा पाल्न, इजाजत लिएर मात्र पालन गर्न आग्रह गरिएको बताइन् ।
ठूलो जनसंख्यालाई समस्या पार्ने र दुर्गन्धमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्न महानगर लाग्ने कार्कीले बताइन । यस्तै विराटनगर महानगरको ११ र ६ नम्बरका वडामा समेत सुगुरको समस्या देखिँदै आएको छ । दिउँसै सडकमा देखिने सुँगुरका बथानले कहिलेकाँही सवारी साधनलाई समेत सहज आवागमनमा अप्ठेरो पार्दै अएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्