सुनसरीको दुहवीमा बाढीले १५ घर बगायो, ३० घर उच्च जोखिममा,धरान-धनकुटा सडक अबरुद्ध

सुनसरीको दुहवीमा बाढीले १५ घर बगायो, ३० घर उच्च जोखिममा,धरान-धनकुटा सडक अबरुद्ध

अकबर अली
दुहबी, १० साउन ।
सुनसरीको दुहवीमा बाढीले १५ घर बाढीले बगाएको छ । दुहबी नगरपालिका वडा नम्बर ४ मा रहेको मालहट्टी वस्तीमा अविरल वर्षाका कारण आएको बुढी खोलाले कटान गरेपछि १० घर भत्काएर स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो । बाढीले कटान गर्दै जाँदा १० घर बगाउन लागेपछि स्थानीय र प्रहरीको सहयोगमा भत्काईएको थियो । भत्काएको केही बेरमा नै खोलाले ति घरहरु बथाएको हो । अन्य ३० घरहरु उच्च जोखिममा रहेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

बुढीखोला र टेङग्रा खोलाको संगम स्थलमा रहेको घरहरु बाढीले बगाउन थालेपछि उनीहरुलाई सुरक्षित ठाउँमा सार्ने काम भएको ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक रामनारायण माझीले जानकारी दिए । बाढीको कटानले मोहन घिमिरे, नाथुराम चौधरी, हृदयलाल सहनी, राजु सहनी, सुरेन्द्र शर्मा, नुरहसन मियाँ, सकिल मियाँ र कुदुस मियाँको १० घरहरु भत्काए लगत्तै कटान भएर बगाएको हो । मानविय क्षति भने नभएको बताइएको छ ।

बिस्थापित परिवारलाई ईलाका प्रहरी कार्यालयको सहयोगमा दुहवी ४ स्थित वि.पि. आधारभुत विद्यालय र मदर्सा इस्लाहुलमा राखिएको दुहवी ४ का वडाध्यक्ष राजन बस्नेतले जानकारी दिए ।
वडाध्यक्ष बस्नेतले बुढी खोला र टेङग्रा खोलामा तिव्ररुपमा कटान भइरहेकोले सर्तकता अपनाएर सुरक्षित स्थानमा बस्न भनिएको जानकारी दिए । रातभरी बर्षा भएको कारण खोलाको सतह बढेकोले बाढीले घरहरु बगाएको हो ।

त्यस्तै दुहबी नगरपालिका वडा नम्बर १ को मुसहर बस्तीका ५ घर पनि खोलाले बगाएको प्रहरी निरीक्षक माझीले बताए । सो स्थानका अझै धेरै घरहरु जोखिममा रहेका छन् । ७ मिटर मात्र कटान हुन बाँकी रहेको र खोलाले कटान जारी रहेकोले १ दर्जन बढी घरहरु थप खोलाको जोखिममा रहेको उनको भनाई छ ।

सडक अबरुद्ध
यस्तै कोशी राजमार्ग अन्तरगत धनकुटा धरान सडकखण्ड अबरुद्ध भएको छ । प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार रातीदेखि परेको अबिरल बर्षाको कारण धनकुटाको मुलघाटमा माथिबाट झरेको पहिरोका कारण सडक अबरुद्ध भएको हो । माथिबाट झरेको लेदो सडकमा थुप्रिएर सडक अबरुद्ध भएको हो । त्यस्तै भोजपुर धनकुटा सडक खण्डपनि अबरुद्ध भएको छ । भोजपुरको लेगुवामा झरेको पहिरोको कारण सडक अबरुद्ध भएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । भोजपुर सडकखण्ड भने खुलाउने प्रयास भईरहेको छ । तर माथिबाट पहिरो झरिरहेको कारण सडक खुलाउन समस्या भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्