धरान १० साउन । धरान–६ पानवारीका एक युवा सोही स्थानकी युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा २१ वर्षिय युवराज कार्की रहेका छन् । उनले रातको समयमा आफ्नै घरको कोठामा ललाई फकाइ गरेर जबरजस्ती करणी गरेको पीडितकी ठूलीआमाले इलाका प्रहरी कार्यालय धरानमा उजुरी गरेकी छन् । इलाका प्रहरी कार्यालयले कार्कीलाई नियन्त्रणमा लिइ जबरजस्ती करणीमा मुद्दा चलाइ थप अनुसन्धान गरिरहेको डिएसपी ढुण्डिराज न्यौपानेले बताए ।