विराटनगरको रामपुरबाट केशल्या खोला गाउँपस्यो, सशस्त्र प्रहरी बेश क्याम्प नै डुवानमा

<span class='c1'>विराटनगरको रामपुरबाट केशल्या खोला गाउँपस्यो, सशस्त्र</span> <span class='c2'>प्रहरी बेश क्याम्प नै डुवानमा</span>

विराटनगर, १० साउन ।
केशल्या खोला बिराटनगर महानगरपालिका ६ को रामपुरबाट बाँध फुटाएर गाउँ पसेको छ । खोला गाउँपस्दा वडा नम्बर ६ र १२ तथा वडा नम्बर १६ डुवानमा परेको छ । ति वडाका सिम्राही, दरैया र बखसी पस्चिमको क्षेत्र डुवानमा परेको सिम्राहीका मनोज ऋषिदेवले बताए । विराटनगर १२ का मनोजका अनुसार बिहान ८ बजे खोला बाँध फुटाएर गाउँ पसेको हो ।
खोला गाउँपसेपछि सो क्षेत्रका करिब ४५ घरमा पानी पसेर डुवान भएको विराटनगर १२ का सुवास ऋषिदेव जानकारी दिए । डुवान क्षेत्रका स्थानीयवासीलाई बखरी आधारभुत बिद्यालयमा सारिएको छ भने केहीलाई नजिकै रहेका मन्दीहरुमा राखिएको छ ।
डुवान क्षेत्रमा पुगेका प्रदेश सांसद केदार कार्कीले यो भन्दा अगाडि बाँध फुटेको ठाउँबाट नै आजपनि पानी पसेको बताए । उनले यहाँबाट पानी पस्छ भनेर पहिला पनि प्रहरी प्रशासनलाई जानकारी गराउँदा समेत वेवास्ता गर्दा अहिले फेरी बस्ती नै डुवानमा परेको बताए । अब बाँधलाई बलियो बनाएर खोला पस्नै नदिनको लागि नलाग्ने हो भने सँधै नै समस्या निम्त्याउने उनको ठम्याई छ ।
गएरातीको भारी बर्षापछि आएको बाढीले मोरङका खोला किनारका बस्ती जोखिममा छन् भने केही ठाउँमा पानी पसेको हो । उत्तरी क्षेत्रमा पानी पर्दा त्यसको असर दक्षिणका खोला किनारका बस्तीहरुमा देखिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्