विराटनगरमा लास्ट थर्सडेमा युवा उद्यमी आशुतोष तिवारीले सुनाए आफ्ना अनुभव

<span class='c1'>विराटनगरमा लास्ट थर्सडेमा युवा उद्यमी</span> <span class='c2'>आशुतोष तिवारीले सुनाए आफ्ना अनुभव</span>

विराटनगर, ११ असार ।
बिराटनगरमा अङ्ग्रेजी महिनाको अन्तिम बिहीबार हुने “लास्ट थर्सडे” कार्यक्रम होटेल नमस्कारको सम्पन्न भएको छ । होटेल नमस्कार, नेपलिज यङ्ग इन्टरप्रेनस फोरम बिराटनगर, बिराटनगर इन्टरनेसनल कलेज, मकालु टेलिभिजन, विकल्प एन अल्टरनेटिभ तथा मल्ल इन्टरप्राइजेजद्वारा संयुक्त रूपमा कार्यक्रमको आयोजना भएको हो । आशुतोष तिवारीले अतिथि वक्ताको रूपमा बिराटनगरका युवाहरूसँग अन्तरक्रिया गरेका थिए । अन्तरक्रियाको क्रममा उनले विभिन्न संघ संस्था देश–विदेशका मानिसहरूसँग जागिर खान पाएको अनुभव र सिकाइको कारण आफू हालको अवस्थामा आइ पुग्न सफल भएको आफ्ना अनुभव सुनाए ।
हिमाल मिडिया र सेर्पा एड्भेन्चर गियर नेपालमा प्रमुख कार्यकारी निर्देशकको रूपमा तथा वाटर एड नामक संस्थामा कन्ट्री रिप्रीजेन्टेटिभको रूपमा कार्य गरिसकेका तिवारीले उद्यमी हुनका लागि सृजनशील दिमाग र कल्पनाशक्तिले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले हाल नेपालको शिक्षाले जाँचमा पास गराउन र असल विद्यार्थी बनाउन सहयोग गरे पनि, संसार हाँक्न सक्ने उद्यमी उत्पादन गर्ने कुरामा कमै सहयोग पु¥याउने विचार ब्यक्त गरे ।
विभिन्न विधामा सफल हुनको निम्ति किताबी ज्ञानसँगै आफ्नो ब्यत्तिःगत क्षमताको पनि त्यति नै भूमिका रहने भइकोले उद्यमी हुन कल्पना गर्न सक्ने, जिज्ञासु र प्रश्न गर्ने गुण आवश्यक हुने जानकारी दिए ।
‘हामी नेपालीहरूमा प्रश्न गर्ने बानी नहुँदा अरूको भर पर्दछौ, तिवारीले भने, जस कारण हामी धेरै आवश्यक ज्ञानबाट वञ्चित हुनसक्ने अवस्था रहेको छ ।’
उद्यमी हुन चाहने व्यक्तिले आफूलाई जति थाहा छ त्यहाँबाट सुरुवात गर्नुपर्ने, मलाई आउँदैन भनेर पछि हट्न नहुने, रुचि भएको क्षेत्रमा समय दिने, आफ्नो विधामा ज्ञान भएको मान्छेलाई भेट्ने, आफ्नो नेटवर्कलाई फराकिलो बनाउने, प्रश्न गर्ने, जानकारी हासिल गरी बौद्धिक विकास र आत्मविश्वास बढाउन तर्फ लाग्न आवश्यक रहेको तिवारीले सहभागीलाई जानकारी दिए ।
सक्दिन भनेर सोच्यो भने सकिँदैन, तर सकिन्छ भनेर लाग्यो भो अगाडि बढ्न सकिने कुरा उनले व्यक्त गरे ।
नेपालमा व्यवसाय नफस्टाउनुको कारण काल्पनिक शक्तिको अभाव, धैर्यताको कमी, परामर्शको खाँचो, लगानीकर्ताको हिचकिचाहट तथा राज्यको स्पष्ट नीतिको नहुनु नै समया रहेको सुनाए ।
होटेल नमस्कारको प्राङ्गणमा भएको कार्यक्रममा विकल्प एन्ड अल्टरनेटिभका निर्देशक वसन्त अधिकारी, होटेल नमस्कारका निर्देशक युनेश श्रेष्ठ, नेपलिज यङ्ग इन्टरप्रेनस फोरम बिराटनगरका सचिव राघव कोइराला लगायतले छलफलमा सहभागीता जनाएउका थिए । कार्यक्रममा १०७ जना युवाको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्