पूर्वाञ्चल विश्वविद्यालयमा रजिस्टार थापासँग जोडिएको फेक सर्टिफिकेटको इमेल काण्ड,अख्तियारको छानबिन

<span class='c1'>पूर्वाञ्चल विश्वविद्यालयमा रजिस्टार थापासँग जोडिएको</span> <span class='c2'>फेक सर्टिफिकेटको इमेल काण्ड,अख्तियारको छानबिन</span>

विराटनगर, ११ असार । पूर्वाञ्चल विश्वविद्यालयमा अख्तियारको केन्द्रीय टोलीले छानबिन थालेको छ । अख्यिारको टोलीले रजिस्टार प्रमिला थापासँग जोडिएको फेक सर्टिफिकेटको इमेल काण्ड, सह-रजिस्टार र डिन नियुक्ति प्रक्रिया, कर्मचारी भर्ना प्रक्रियाबारे विशेष चासो दिएको छ । अधिकृत रामप्रसाद सुवेदीको नेतृत्वमा आएको टोलीले तीन दिनअघि पूर्वाञ्चल विश्वविद्यालयको विराटनगरस्थित परीक्षा नियन्त्रण र केन्द्रीय कार्यालयमा आवश्यक छानबिन गरेको थियो ।

पटक–पटक भ्रष्टाचारको आरोपमा अख्तियारले छानबिन गरेर पूर्वाञ्चल विश्वविद्यालयमा आवश्यक कारबाही गर्दै आएको छ । पछिल्लोपटक सह-रजिस्टार, सह-डिन र सह-परीक्षा नियन्त्रक नियुक्ति अनि कर्मचारी भर्नामा अनियमितता भएकोबारे उजुरी परेको थियो । अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले पूर्वाञ्चल विश्वविद्यालयमा अख्तियारले छानबिन गरिरहेको बताए ।

यता पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीहरूले धरान आएको मौकामा अख्तियारको टोलीले  सामान्य सोधपुछ मात्र गरेको प्रतिक्रिया दिएका छन् । कर्मचारी संघका सभापति राजकुमार सापकोटाले भने, ‘बाहिर हल्ला भएजस्तो केही होइन रहेछ । विगतमा दिएका निर्देशन पालना भए–भएनन् भन्ने सामान्य सोधपुछ गरेर टोली फर्किएको जानकारी पाएको छु ।’

कर्मचारी नियुक्तिमा पहिले भएको धाँधलीबारे योजना आयोगकी सदस्य डा. उषा झा नेतृत्वको  समितिले छानबिन गरेर सरकारलाई प्रतिवेदन बुझाएको थियो । उक्त समितिले सह-रजिस्टार राजेशकुमार झा, चिकित्साशास्त्र संकायकी सहडिन दीप्ति सुब्बा, सहपरीक्षा नियन्त्रक मेनुका श्रेष्ठको नियुक्ति अवैध ठहर गरेपछि सरकारले उनीहरूलाई बर्खास्त गरेको थियो ।

भर्खरै विश्वविद्यालयको सेवा आयोगले सह-प्राध्यापकहरू भर्ना गर्न विज्ञापन गरेपछि विद्यार्थी संगठनहरूले बदनियतपूर्वक कर्मचारी भर्ना गर्न लागिएको भन्दै विरोध गरेका थिए । त्यसयता परीक्षा स्थगित भएको थियो । सेवा आयोगका पदाधिकारीको अवधि सकिन लागेको र छानबिन समितिको प्रतिवेदन पूर्ण कार्यान्वयन भइनसकेकाले भर्ना प्रक्रिया स्थगित गर्नुपर्ने माग विद्यार्थीले गरेका छन् ।  नयाँ पत्रिका दैनिकले खबर लेखेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्