बाढी गाउँपस्दा मोरङका तीनसय परिवार प्रभावित, विराटनगर सहित धेरै ठाउँबाट खोला गाउँ पस्यो

<span class='c1'>बाढी गाउँपस्दा मोरङका तीनसय परिवार प्रभावित, विराटनगर</span> <span class='c2'>सहित धेरै ठाउँबाट खोला गाउँ पस्यो</span>

विराटनगर, ११ असार ।
निरन्तरको वर्षासँगै खोलामा आएको बाढी गाउँपस्दा मोरङका साढे तीन सय बढी परिवार प्रभावित बनेका छन् । प्रहरीका अनुसार बाढी पसेर घरहरु डुबानमा परेका कारण तीन सय ६५ परिवार प्रभावित बनेका हुन् । उनीहरु अस्थायी रुपमा विस्थापित बनेका छन् । एक हजार आठ सय बढी जनसंख्या पछिल्लो बाढीका कारण प्रभावित बनेको प्रहरीको भनाइ छ । बिहिवारबाट नै ठाउँठाउँबाट बाँध फुटाउँदै बाढीसहितको खोला गाएँ पसेको थियो ।
विराटनगर महानगरपालिका भित्र मात्रै एक सय भन्दा बढी परिवार विस्थापित भएका छन् । विराटनगर महानगरपालिका–६ रामपुरबाट केसलिया खोलो बाँध फुटाएर बस्तीमा छिरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए ।
विराटनगर–६ रामपुरमा १०, विराटनगर–१२ बखरी र सिमराईमा ६० र विराटनगर–१६ दरैयामा ४० घर डुबानमा परेको खिउजुले बताए । यस अघि पनि भएको वर्षासँगै आएको बाढीले यी वडा पूरै डुवानबाट प्रभावित बनेका थिए ।
यस्तै चिसाङ खोलोमा आएको बाढी गाउँ पस्दा मोरङको रंगेली नगरपालिका–८ मुसहर बस्तीका ५० घरपरिवार विस्थापित भएका छन् । घरघरमा पानी पसेर डुबान हुन थालेपछि स्थानीय बासिन्दा विस्थापित भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कवीन्द्र कार्कीले जानकारी दिए । उता मोरङकै सुनवर्षी नगरपालिका–५ मा बक्राहा खोलाको बाढी गाउँ पस्दा ५५ परिवार प्रभावित बनेका छन् । बाढी पसेर घरहरु डुबानमा परेपछि स्थानीय विस्थापित बनेको मेयर कालीप्रसाद दासले बताए ।

त्यस्तै कटहरी गाउँपालिका–४ मा लोहन्द्रा खोलाको बाढी ‘ओभरफ्लो’ भएर गाउँ पस्दा डेढ सय परिवार विस्थापित बनेका छन् । गाउँपालिका प्रमुख रामकुमार कामतका अनुसार यस अघिकै बाढीबाट पीडित बनेकाहरु फेरि दोस्रो पटक प्रभावित बन्न पुगेका हुन् । यता जहदा गाउँपालिका–४ का देवानन्द साहको घरको एकातर्फको भाग बाढीले बगाएको छ । प्रहरीले विस्थापित भएका परिवारलाई नजिकैको विद्यालय, मन्दिर, सार्वजनिक स्थल, डुबानमा नपरेका छिमेकीको घरमा लगेर अस्थायी रुपमा सुरक्षित साथ सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्