टि-२० विश्वकप एसिया छनोट : अघि बढ्न नेपालले दुवै खेल जित्‍नै पर्ने

टि-२० विश्वकप एसिया छनोट : अघि बढ्न नेपालले दुवै खेल जित्‍नै पर्ने

एजेन्सी, ११ साउन ।
टि–२० विश्वकपअन्तर्गत एसिया छनोटमा अब नेपालकै हातमा खेल आइपुगेको छ। यसअघि अन्य टिमको नतिजा समेत भरपर्नुे अवस्थामा रहेको नेपाल अब बाँकी दुई खेलमा जित निकाले समूह विजेताका रुपमा अघिल्लो चरणमा पुग्ने छ। सिंगापुरमा जारी अन्तिम चरणको छनोट प्रतियोगितामा नेपालले शनिबार कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। जुन खेलमा नेपाल जितबाहेक विकल्प हुने छैन। अर्काे वर्ष अस्ट्रेलियामा आयोजना हुने टि–२० विश्वकप खेल्ने सपना जीवित राख्न कुवेतविरुद्ध जित अपरिहार्य हुनेछ। कुवेतसँग पराजित भएको अवस्थामा अस्ट्रेलिया विश्वकप खेल्ने नेपालको सपना एसियाली छनोटमै टुङ्गिने छ। राउन्डरोविन आधारमा भइरहेको प्रतियोगितामा शीर्ष स्थानमा रहने टिमले अघिल्लो चरणमा स्थान पक्का गर्नेछ।

नेपाल शीर्ष स्थानमा रहेमा अन्तिम चरणको छनोट प्रतियोगिताका रुपमा रहेको ग्लोबल क्वालिफायरमा पुग्नेछ। ग्लोबल क्वालिफायर आगामी अक्टोबर–नोभेम्बर मा संयुक्त अरब इमिरेट्स (युएई) मा हुँदैछ। नेपाल जारी प्रतियोगिताको आफ्नो पहिलो खेलमा कतारसँग अप्रत्यासित चार विकेटले पराजित हुन पुग्यो। त्यससँगै प्रतियोगितामा नेपालको सम्भावना धर्मराएको थियो। यद्यपि, दोस्रो खेलमा मलेसियालाई सात विकेटले पराजित गर्दै नेपाल लयमा फर्किन सफल भयो। शुक्रबार भएको खेलमा सिंगापुरले मलेसिया र कुवेतले कतारलाई पराजित गरेपछि प्रतियोगिता नेपालको सम्भावना आफ्नै हातमा फर्किएको छ। अब नेपालले प्रतियोगितामा बाँकी रहेको आफ्नो दुईमध्ये दुबै खेलमा जित हात पार्नु आवश्यक छ। नेपालले शनिबार कुवेतसँग खेलेपछि आइतबार आयोजक सिंगापुरसँग राउण्ड रोविन लिगको अन्तिम खेलमा प्रतिस्पर्धा गर्नेछ। यी दुवै खेलमा जित हात पारेको अवस्थामा नेपाल अंककै आधारमा शीर्ष स्थानमा रहेर ग्लोबल क्वालिफायरमा पुग्नेछ। कुनै एक खेलमा पराजित भएमा पनि नेपाल बाहिरिने छ।

पारस खेल्ने चोटका कारण मलेसियाको खेल गुमाएका कप्तान पारस खड्काले कुवेतविरुद्वको खेलमा भने प्रतिष्पर्धा गर्ने भएका छन्। कप्तान पारस कतारविरुद्वको खेलमा ब्याटिङ गर्ने क्रममा घाइते बनेका थिए। उनको ढाड सड्किएको थियो। त्यसैले उनको अनुपस्थितिमा मलेसियाविरुद्वको खेलमा उपकप्तान ज्ञानेन्द्र मल्ल कप्तानको रुपमा मैदानमा उत्रिएका थिए। ढाडको दुखाइ कम भएपछि कप्तान पारसले शुक्रबार अभ्याससमेत गरेका छन्। दुखाइ नबढेको अवस्थामा उनले शनिबार कुवेतविरुद्व खेल्ने जनाइएको छ। बलियो नेपाल कुवेत नेपालका लागि नियमित प्रतिद्वन्द्वी हो। नेपालले एसियाली स्तरको प्रतियोगितामा कुवेतसँग धेरै खेलहरु खेलिसकेको छ।

नेपालले २० ओभरको क्रिकेटमा कुवेतसँग अहिलेसम्म तीन पटक प्रतिस्पर्धा गर्दा सबै तीन खेलमा जित निकालेको छ। तीनमध्ये दुई पटक नेपालले कुवेतविरुद्व एसियाली क्रिकेट काउन्सिल (एसिसी) टि–२० कपमा प्रतिस्पर्धा गरेको छ। सन् २००९ को टि–२० एसिया कपमा भएको प्रतिस्पर्धामा बराबरी खेलेको नेपालले सन् २०११ मा भने कुवेतलाई एक रनको झिनो अन्तरले पराजित गरेको थियो। त्यसपछि नेपालले सन् २०१४ मा दक्षिण कोरियाको इन्चोमा भएको एसियाली खेलकुद प्रतियोगिताको दौरान पनि कुवेतसँग प्रतिस्पर्धा गरेको नेपालले नौ विकेटको प्रभावसाली जित निकालेको थियो।

प्रतियोगितामा दोस्रो खेलमा पराजित भएसँगै मलेसिया र कतार भने बाहिरिएका छन्। शुक्रबार भएको खेलमा सिंगापुरसँग आठ विकेटले पराजित भएको मलेसिया र कुवेतसँग १० रनले पराजित भएको कतार दुवै प्रतियोगिताबाट बाहिरिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्