विराटनगरको पोखरीया डोजोलाई कोईरालाको सहयोग

विराटनगरको पोखरीया डोजोलाई कोईरालाको सहयोग

विराटनगर, ११ साउन ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश १ का सचिवालय सदस्य तथा खेल प्रमुख रोहित कोईरालाले पोखरीया डोजोका खेलाडीलाई पोशाक सहयोग गरेका छन । शनिवार पोखरीया मा.वि. विराटनगरमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथी युवासंघ नेपालका उपाध्यक्ष पर्शुराम बस्नेतले कराँते गि, टि सर्ट, ग्लोब लगायतका पोशाक लगायतका सामाग्री वितरण गरे ।

पोशाक बितरण कार्यक्रममा प्रमुख अतिथि बस्नेतले संसारलाई जित्ने माध्यम खेलकुद रहेको भन्दै खेलले ब्यक्तिलाई मात्र नभै समाज र राष्ट्रलाई स्वस्थ्य राख्न भुमिका निर्वाह गर्ने बताए । नेपालमा खेल क्षेत्रमा अपेक्षाकृत बजेट आउन नसक्दा समस्या भइरहेको बताए । अहिले शिरदेखि तिरसम्म खेललाई बुझेकाहरूको नेतृत्व स्थापित हुदैछ,उनले भने ’अब खेलकुदको अपेक्षाकृत बिकास हुन्छ ।’ पोखरीया डोजोले निरन्तर खेलाडी उत्पादन गरेर राष्ट्रकालागी योगदान गरिरहेको उनले बताए ।
कार्यक्रममा रोहित कोईरालाले पोखरीया डोजोले कराँतेमा विराटनगर र प्रदेशको मान राख्न महत्वपूर्ण भुमिका खेल्दै आएको चर्चा गरे । नेपाल र भारतका विभिन्न प्रतियोगितामा भाग लिएर यो डोजोका खेलाडिले पदक जित्दा प्रदेश १ का सवै खेलप्रेमी हर्षिद हुने गरेको बताए । लामो समय खेल क्षेत्रमा रुचि राख्दै आएका कोईरालाले सानो भएपनी खेलाडीलाई सहयोग गर्ने अवशर दिएकोमा धन्यवाद दिए । उनले भने म हरेक खेलाडिसँग साथमा साथ मिलाएर हिड्न चाहन्छु ।
पोखरीया डोजोका संस्थापक तथा प्रमुख प्रशिक्षक बिनोद राउतले खेलाडिहरूले पाएको सफलताको चर्चा गर्दै यस्ता सहयोगले खेलाडीहरूको मनोबल उच्च हुने बताए । खेल क्षेत्रको बिकासका लागि सवै क्षेत्रको सहयोग आवश्यक रहेको भन्दै उनले खेलाडिले सकेसम्म राष्ट्रका लागि र नसक्दा स्वास्थ्यका लागि पनि निरन्तर अभ्यास गर्न सुझाव दिए ।
कार्यक्रमा करिव १५ हजार मुल्य बराबरको पोशाक र पोखरीया डोजोका २०७५ का उत्कृष्ट खेलाडी सुवास चौधरीलाई नगद ३ हजार १ सय पुरस्कार प्रदान गरियो ।
२०५२ मा सुरु भएको पोखरीया डोजोले निरन्तर खेलाडी उत्पादन गर्दै आएको छ भने यँहाका खेलाडीले नेपाल र भारतका विभिन्न प्रतियोगितामा अब्बल प्रदर्शन गर्दै प्रशस्त मेडल जितेका छन । कार्यक्रममा कोईरालाले प्रशिक्षक राउतको निरन्तरताको प्रशंसा गर्दै मायाको चिनो प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्