विराटनगर १४ का समानन्द प्रकरण : आरोपी तीन वडा अध्यक्ष फरार, परिवारलाई उल्टै धम्की

<span class='c1'>विराटनगर १४ का समानन्द प्रकरण : आरोपी तीन</span> <span class='c2'>वडा अध्यक्ष  फरार, परिवारलाई उल्टै धम्की</span>

विराटनगर, ११ साउन । विराटनगर – १४ का समानन्द यादवको कुटपिटबाट मृत्यु भएको १७ दिन वितिसक्दा पनि घटनामा मुछिएका दुई वडा अध्यक्षसहित ९ जना आरोपीलाई प्रहरीले पक्राउ गर्न नसक्दा न्याय नपाएको पीडित पक्षले गुनासो गरेका छन् । मृतका श्रीमति र दुई छोराहरूले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरि यस्तो गुनासो गरेका हुन् ।

विराटनगर १८ की एक किशोरीसँग समानन्दका जेठा छोरा राजेशको विवाह तय भएर तिलक स्वरूप ५० हजार दिए पछि केटा पक्षले विवाह गर्न अस्वीकार गरेको भन्दै कुटपिटको घटना भएको थियो । विवाह रोकिँदा सामाजिक रूपमा बेइज्जती भएको भन्दै केटी पक्षले जेठ ३२ मा गाउँका भलादमीसहित विराटनगर १४ का वडा अध्यक्ष बलदेव यादवको घरमा बोलाएको पञ्चायतमा विवाद बढ्दा समानन्द माथि कुटपिट भएको थियो । उपचारको क्रममा असार २६ गते राती ९ बजे विराटनगरस्थित कोशीअञ्चल अस्पतलामा समानन्दको मृत्यु भएको थियो ।

कुटपिटबाट मत्यु भए पछि पीडित पक्षले असार १ गते घटनामा संलग्न विराटनगर १४ का वडा अध्यक्ष बलदेव यादव, १८ का वडा अध्यक्ष सन्जय साह, वडा अध्यक्ष बलदेवका छोरा रविन, भतिज दिपेश, विराटनगर १८ का झोला यादव, विन्धेश्वर यादव, विरेशकुमार यादव, विराटनगर १४ का विजय भनिने शम्भू यादव र जहदा गाउँपालिका १ का दिनेश यादवसहित ९ जना विरूद्ध कर्तब्य ज्यान मुद्दामा किटानी जाहेरी दिएको थिए । जाहेरी दिएको १७ दिन वितिसक्दा पनि प्रहरीले आरोपीलाई पक्राउ गर्न नसक्दा न्याय पाउन नसकेको पत्रकार सम्मेलनमा मृतका छोरा राजेशले बताए ।

‘बावुको हत्यामा संलग्नलाई पक्राउ गर्न प्रहरीमा जाहेरी दिएको यतिका दिन भइसक्यो,’ मृतकका छोरा राजेशले भने, ‘अहिले प्रहरीले पक्राउ गर्न सकेको छैन । हत्या आरोपीलाई पक्राउ नहुँदा न्यायको आश हराउँदै गयो ।’ मृतककी  श्रीमती कन्दुलादेवी यादवले श्रीमानको हत्या आरोपीलाई तत्काल पक्राउ गरि कानुनी कारवाहीको माग गरेकी छन् । ‘श्रीमानको कुटपिटबाट मृत्यु भएको १७ दिन भइसक्यो, गाउँमा पीडक पक्षले गिज्याउने गरेका छन् । खै मेरो मान्छेलाई पक्राउ गर्न सकिस भन्दै धम्की पनि दिन्छन्,’ उनले भनिन् ।

हत्यामा संलग्नलाई प्रहरीले पक्राउ नगरेपछि विराटनगर–१४ का पीडित परिवार विस्थापित हुने अवस्थामा पुगेको बताएका छन् । मृतक समानन्दकी श्रीमती कन्दुलादेवीले प्रहरीले हत्यारा नसाएका कारण आफूहरु विस्थापित हुनुपर्ने अवस्था आएको गुनासो गरिन् । कर्तव्य जान मुद्दामा जाहेरी दिएका पीडक र आफन्तले धम्की दिने गरेको पीडित परिवारको भनाई छ ।

मोरङ प्रहरीले आरोपी सबैको खोजी कार्य भइरहेको र नियन्त्रणमा आएपछि अनुसन्धान गरेर प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता राजकुमार खिउंजुले बताए । वडाध्यक्षहरु भारततर्फ भागेको प्रहरीको अनुमान छ ।  वडा अध्यक्षसहित अन्य अरोपीहरूलाई खोजी गर्न मोरङ प्रहरीले सादा पोशकमा विशेष प्रहरी परिचालन गरेको छ । प्रहरीले उनीहरूको खोजी गर्न भारतसम्म पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्