विश्वकपको एसिया छनोट : नेपालले सिंगापुरविरुद्ध पहिला फिल्डिङ गर्ने

<span class='c1'>विश्वकपको एसिया छनोट : नेपालले</span> <span class='c2'>सिंगापुरविरुद्ध पहिला फिल्डिङ गर्ने</span>

एजेन्सी, १२ साउन । आईसीसी टी २० विश्वकपको एसिया छनोटको फाइनलमा आइतबार नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा हुँदैछ । सिंगापुरले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

पहिलो खेलमा कतारसँग पराजित भएपनि नेपाली टिमल त्यसपछि मलेसिया र कुवेतलाई हराउँदै अन्तिम खेलमा सिंगापुरको सामना गर्न लागेको हो । यता अंक तालिकाको शीर्ष स्थानमा रहेको सिंगापुर पनि घरेलु मैदानमा जित निकालेर ग्लोबल क्वालिफायर्समा स्थान बनाउन चाहन्छ ।

नेपाल र सिंगापुरबीचको फाइनल खेल सेन्टर विकेटमा खेलाइँदैछ । यो पिचमा नेपाल र सिंगापुरले पहिलो पटक खेल्न लागेका हुन । यसअघि यो पिचमा एक खेल मात्र भएको थियो । जसमा कुवेतले पहिले ब्याटिङ गर्दै एक सय ९० रन भन्दा माथि स्कोर गरेको थियो ।

आज नेपाली टिममा कुनै परिवर्तन गरिएको छैन । कुवेत विरुद्धको सेटलाई नै मैदानमा उतारेको छ ।

सिंगापुर विरुद्ध नेपालको प्लेइङ सेट

पारस खड्का
ज्ञानेन्द्र मल्ल
शरद भेषवाकर
विनोद भण्डारी
सन्दिप लामिछाने
करण केसी
बसन्त रेग्मी
दिपेन्द्रसिंह ऐरी
सोमपाल कामी
अभिनाश बोहोरा
रोहित कुमार पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्