विराटनगरमा पौडी खेल्ने क्रममा सिँघिया खोलाले बगाएर एकजना बेपत्ता

विराटनगरमा पौडी खेल्ने क्रममा सिँघिया खोलाले बगाएर एकजना बेपत्ता

विराटनगर, १२ साउन । विराटनगरमा पौडी खेल्न सिँघिया खोलामा गएका एक युवालाई खोलाले बगाएर बेपत्ता पारेको छ ।

शनिवार दिउँसोको समयमा रामेछाप घर भई बिराटनगर महानगरपालिका ७ का ईश्वरी श्रेष्ठको घरमा बस्दै आएको कुमार गुरुङको छोरा बर्ष १५ को रमेश गुरुङलाई खोलाले बगाएर बेपत्ता बनाएको हो ।

संघिया खोलामा साथीहरुसंग पौडी खेल्ने क्रममा खोलाले बगाई बेपता भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिउजुले जानकारी दिए । उनको खोजी भईरहेको र एउटा शव त्यो भन्दा तल भेटिएको भनी जानकारी आएपनि एकिन भने नभएको खिउजुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्