नेपाललाई जितका लागि १९२ रन आवश्यक , अभिनाशले लिए ४ विकेट

नेपाललाई जितका लागि १९२ रन आवश्यक , अभिनाशले लिए ४ विकेट

बिराटनगर साउन १३ ।

आईसीसी टि–ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा नेपालका अभिनाश बोहोराले  घरेलु टोली सिंगापुरविरुद्ध ४ विकेट लिएका छन् ।

सिंगापुरले निर्धारित २० ओवरमा ६ विकेट गुमाएर १९१ रन बनाउन सफल भएको छ । नेपाललाई अब जितका लागि २० ओवरको खेलमा १९२ रन बनाउनुपर्ने आवश्यक रहेको छ । सिंगापुरका लागि डेभिडले सर्वाधिक ७७ रन बनाएका थिए ।

अभिनास बोहोराले जनक प्रकाशलाई पवेलियन फर्काएसँगै घरेलु टोली सिंगापुरविरुद्ध अभिनास ४ विकेट लिएका हुन् । यसअघि उनले चेतन सुर्यबंशी, टिम डेभिड र रोहन रंङगराजलाई आउट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्