विराटनगरको सिंघीया खोलाले बगाएर वेपत्ता भएका किशोरको शव भेटियो

<span class='c1'>विराटनगरको  सिंघीया खोलाले बगाएर </span> <span class='c2'>वेपत्ता भएका किशोरको शव भेटियो</span>

विराटनगर,१२ साउन । सिंघीया खोलाले बगाएर विराटनगरमा आइतबार एक किशोरको मृत्यु भएको छ।  खोलाले बगाएर शनिबार बेपत्ता बनाएका १५ वर्षीय रमेश गुरुङको शव मोरङको जहदा गाउँपालिकास्थित सिंघीया खोलाकै किनारमा फेला परेको हो।

रामेछाप घर भई विराटनगर महानगरपालिका–७ मा बस्दै आएका गुरुङको शव खोजतलासका क्रममा आइतबार फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए।  शव पोस्टमार्टमपछि आफन्तलाई बुझाएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्