राष्ट्रप्रेमी फाउन्डेसनद्वारा बिराटनगरमा क्लोथ क्लब स्थापना

राष्ट्रप्रेमी फाउन्डेसनद्वारा बिराटनगरमा क्लोथ क्लब स्थापना

विराटनगर, १२ साउन ।
राष्ट्रप्रेमी फाउन्डेसन नेपालद्वारा राष्ट्रप्रेमी सहायता केन्द्र (पुराना तथा प्रयोग हुने सामग्री संकलन एवं वितरण केन्द्र ) स्थापना गरिएको छ । विराटनगर महानगरपालिका वडा नम्बर १५ मा नेपालकै सबैभन्दा पुरानो उद्योग बिराटनगर जुट मिल अगाडि पुरानो सिटि सफारीलाई पुन प्रयोग गरि स्थायी रुपमा ३६५ दिन सेवा प्रदान गर्ने गरि केन्द्रलाई व्यवस्थापन गरिएको हो ।
विराटनगर महानगरपालिका वडा नम्बर १५ को सहयोगमा रहेको उक्त केन्द्रलाई वडा नम्बर १६ का अध्यक्ष मनोज सुब्बा समाजसेवी राजेश गुप्ता , मिशन नेपाल अध्यक्ष मिना शाही , युवा अभियन्ताहरु पेरिस सुवेदी , अनुज राजवंशी , सुसिम सुवेदीले सामुहिक उद्घाटन गरे ।
केन्द्रबाट ८० जना भन्दा बढी कपड़ा लगायत सामग्री वितरण गरिएको थियो भने १५० भन्दा बढी व्यक्तिहरुबाट संकलन गरिएको छ। क्लोथ बैंकको रुपमा रहेको यस केन्द्रलाई खोल्ने मात्र नभई उचित व्यवस्थापन एवं रेखदेख गरिने जनाईएको छ ।
सहयोग गर्न चाहने ब्यक्तिले ९८००९००४०६ मा सम्पर्क गरेर जानकारी गराउन सकिने राष्ट्रप्रेमी युथ क्लबका अध्यक्ष राष्ट्रप्रेमी प्रविण भुजेलले बताए । यो अभियानलाई बिभिन्न ठाउँमा संचालनको लागि काम थालिने तथा आ–आफ्नो ठाँउमा संचालन गर्न आव्हानका साथै सक्दो सहयोग गरिने राष्ट्रप्रेमी फाउन्डेसनका अध्यक्ष आर.के. राष्ट्रप्रेमीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्