कोशीअस्पतालमा ९० प्रतिशत चिकित्सक कार्यालय समयमा भेटिएनन्

<span class='c1'>कोशीअस्पतालमा ९० प्रतिशत चिकित्सक</span> <span class='c2'>कार्यालय समयमा भेटिएनन्</span>

विराटनगर, १२ साउन । विराटनगरस्थित कोशी अस्पतालमा ९० प्रतिशत चिकित्सक कार्यालय समयमा भेटिएनन् । आज संघीय सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले गरेको छड्के अनुगमनमा बहिरंग विभागमा कार्यरत अधिकांश चिकित्सक अस्पताल बाहिरै थिए ।

भरपर्दो स्वास्थ्य सेवा नभएको गुनासो बढिरहेका बेला सरकारी सेवा लिएर निजी क्लिनिकमा धाउने गरेको उजुरी आएपछि मन्त्रालयले विशेष टोली पठाएको बताइएको छ । सोहीअनुसार कोसी अस्पतालमा गरिएको छड्केले गुनासो सही सावित गरिदिएको हो । स्वास्थ्य मन्त्री उपेन्द्र यादवको निर्देशनमा देशैभरका सरकारी अस्पतालमा यस्ता टिम परिचालन गरिएको अनुगमन अधिकृत एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत कृष्णलाल यादवले बताए ।

कोसी अस्पतालमा सेवाग्राही बनेर भित्र छिर्नु भएका उहाँले अस्पतालको भद्रगोल अवस्थाको प्रतिवेदन मन्त्रालयमा बुझाउने बताए । । सोहीअनुसार चिकित्सकलाई कस्तो कारबाही हुने हो मन्त्रालयमा निर्णय हुने उनको भनाइ छ । अस्पतालमा दैनिक औसत एक हजार दुई सय बिरामी आउने अस्पताल प्रशासनले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्