विराटनगरका चाँदबाबु ईराकीले पाए भारतको कलाम युथ कन्फरेन्स अवार्ड

<span class='c1'>विराटनगरका चाँदबाबु ईराकीले पाए भारतको</span> <span class='c2'>कलाम युथ कन्फरेन्स अवार्ड</span>

विराटनगर, १२ साउन ।
भारतको मोतिहारीमा सम्पन्न भएको कलाम युथ कन्फरेन्समा नेपालका युवा अभियानकर्मी चाँदबाबू इराकीले अवार्ड प्रदान गरिएको छ । नेपाल, बङगलादेश, भारत तथा श्रीलंका लगायत देश का १५०भन्दा बढी युवाहरुका सबच उनलाई अवार्ड प्रदान गरिएको हो ।
कार्यक्रमकी प्रमुख अतिथी बलिउड फिल्म निर्देशक गुलरेज सहजादले युवाहरुको सहभागितामा धेरै ठुला कामहरु सफल भईन् । विशिष्ट निर्देशक सहजाद सहित अर्चना भट्टचार्य, कलाम युथ कनफरेन्सका अध्यक्ष मोहम्मद डानिस ख्वाब, फाउन्डेसनका अध्यक्ष मुन्ना कुमार लगायतले ईराकीलाई सम्मान गरेका हुन् ।
सोही अवसरमा इराकीले १५० भन्दा बढी सहभागी युवालाइ उत्प्रेरित गरेका थिए । युवालाई कसरी अगाडि बढाउन सकिन्छ र युवालाई कसरी नेतृत्वमा स्थापित गराउन सकिन्छ भन्ने विषयमा कार्यक्रम केन्द्रित भएको थियो ।
भारतका पुर्व राष्ट्रपति एपिजे अब्दुल कलामको योगदानलाई कदर गर्दै हरेक बर्ष उनको स्मृति दिवसका दिन उक्त कार्यक्रमको आयोजना गरिँदै आएको हो । नेतृत्व अभिबृद्धी तालिमका साथै देश तथा बिदेशमा युवाको क्षेत्रमा काम गरेर समाज परिवर्तनको बाटोमा अग्रसर भएका युवालाई सम्मान पनि गरिँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्