विराटनगरमा अन्तर गुरुकुल धार्मिक हाजिरी जवाफ संगै पुस्तक विमोचन

<span class='c1'>विराटनगरमा अन्तर गुरुकुल धार्मिक हाजिरी</span> <span class='c2'>जवाफ संगै पुस्तक विमोचन</span>

विराटनगर, १२ साउन । धार्मिक, सांस्कृतिक तथा ऐतिहाासिक विषय संरक्षण गर्ने उदेश्यका साथ विराटनगरमा धार्मिक गुरुकुलीय पाठशाला स्तरिय हाजिरी जबाफ प्रतियोगिता सम्पन्न भएको छ ।
बैदिक कर्मकाण्ड परिषद नेपालको आयोजनामा शनिवार विराटनगरमा सम्पन्न कार्यक्रममा स्थानीय धार्मिक युवा प्रथम , लक्ष्मीनारायण बेद विद्या गुरुकुल दोस्रो र लक्ष्मीनारायण मन्दिर गुरुकुल पिपलचोक तेस्रो भएका छन् । हाजिरी जवाफ प्रतियोगितामा पाणीनी संस्कृत विद्यालय ,महेश सन्यास आश्रम गुरुकुल देवघाट ,राधारमण मन्दिर पाञ्चाली सहभागी थिए । कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले प्रतियोगितामा विजयी तथा सहभागीलाई बधाइ सहित सम्मानपत्र प्रदान गरे ।
यस्तै सोही कार्यक्रममा बैदिक कर्मकाण्ड परिषद नेपालका अध्यक्ष कुमार निरौलाद्धारा लिखित र प्रकाशित हिन्दु विज्ञान नामक पुस्तकको मेयर पराजुलीले विमोचन गरे । धार्मिक तथा सांस्कृतिक क्षेत्रमा भएका र सुनिएका भ्रम र यसका बास्तविक पक्ष पुस्तकमा उल्लेख गरिएको छ । कार्यक्रममा बोल्दै मेयर पराजुलीले धार्मिक आस्थाले समाजलाई सकारात्मक दिशामा अगाडी लैजाने बताए ।
समाजलाई धार्मिकवान र नैतिकवान बनाउन सवै क्षेत्रका बौद्धिक व्यक्तित्वहरु लाग्न आग्रह गरे ।
विराटनगर महानगर भित्रका सवैखाले धार्मिक तथा सास्कृतिक पहिचानका क्षेत्रहरुको विकासमा लगानी गरिरहेको मेयर पराजुलीको भनाइ छ । कार्यक्रममा बरिष्ठ धार्मिक व्यक्तित्वहरु रामानुज नेपाल,श्यामशरण भट्टराई,गोपाल सुवेदी,अच्युत गौतम ,रमेश निरौला,अनन्त पराजुली,कौशल ढुङ्गेल,रमेश निरौला लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्