रंगेलीमा लाखाै रुपैयाँको भवनमा ठेक्केदारकाे लापरबाही, जनप्रतिनिधिले लिए चासो

रंगेलीमा लाखाै रुपैयाँको भवनमा ठेक्केदारकाे लापरबाही, जनप्रतिनिधिले लिए चासो

रबिन्द्र बराल 

रंगेली . साउन १३ 

माेरङकाे रंगेली नगरपालिका ६ मा रहेको पव्लिक उच्च माध्यमिक बिधालयमा २०७३ सालमा जिल्ला शिक्षा कार्यलयकाे अनुदानबाट पव्लिक बिधालयमा नयाँ भवनका लागि शिक्षा कार्यालय  ६० लाख रुपैयाँ बराबर र बिधालय काेषबाट २१ लाख रुपैयाँकाे लागतमा भवन निर्माण हुने समझैता समेत भएको थियोे । साे बिधालयमा कुल ८१लाख ९९ हजार ६२ रुपैयाँको लागतमा १२ काेठ्ठे दुई तल्ले पक्कि भवन निर्माण गर्ने सम्झौता भएता पनि तिन बर्ष बितिसक्दा समेते निर्माण सम्पन हुन सकेको छैन । नयाँ भवनका काेठा तथा भुईकाे विभिन्न ठाउँमा फुटेकाे र छतबाट समेत पानी चुहिने समस्या भएको हुनाले बिधार्थि हरुलाई पठनपाठनमा समेत समस्या हुनेे छ । अाईतबार रंगेली नगरपालिका कार्यकारी अधिकृत टाेम प्रसाद सुवेदी , मेयर दिलिप वगडिया, बिधालय ब्यवस्थापन समिति अध्यक्ष , तथा बडा अध्यक्षहरुले उक्त भवनकाे निरिक्षण गरेका थिए । भवनकाे निरिक्षण गर्दा ठेक्केदारकाे लापरबाहीले गर्दा साे भवनमा कमसल काम गरेकाे पाईएकाे र हाल सम्म काेठाकाे झ्याल समेत न लगाई छाडेको पाईएकाे छ ।

बिधालयका प्राचार्य बिरेन्द्र साहका अनुसार रंगेली मा रहेको सहकारी संस्था साझा का कर्मचारीका शिवनारायण राजबंशीले साे भवन बनाउने ठेक्का लिएकाे र काम अधुरो र भवनै चुहिने र विभिन्न ठाउँमा फुटेको र भत्किएको समेत साहले बताए । यता ठक्केदार शिवनारायणसंग साे बिषयमा जानकारी लिदा साे कुराकाेकाे बिषयमा अहिले केही नबाेल्ने भन्दै पन्छिन खाेजे । निरिक्षणमा पुगेका मेयरले लापरबाही गरेर भवन बनाउने जाेहाे काेहिलाई समेत उन्मुक्ति नहुने र जस्तोसुकै कार्वाही गरेर कार्वाहीकाे दायराभित्र ल्याउने कार्यकारीलाई निर्देशन समेत दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्