मोरङको रंगेलीमा १ लाख ५० हजार रुपैयाँ दिएर बलात्कारको घटना गुपचुप राख्दा – राख्दै बाहिरीयो

<span class='c1'>मोरङको रंगेलीमा १ लाख ५० हजार रुपैयाँ दिएर</span> <span class='c2'>बलात्कारको घटना गुपचुप राख्दा – राख्दै बाहिरीयो</span>

विराटनगर १३ साउन । एक सुस्तमनस्थितिकी १६ वर्षीय बालिकामाथि सामूहिक बलात्कार भएको घटनालाई पैसा दिएर मिलाउने प्रयास गरिएको छ । घटना मोरङको रंगेलीको हो । २४ दिन लामो समयसम्म यस घटनालाई गुपचुप राखेको थाहा पाएपछि प्रहरीले यो घटनालाई सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर कवीन्द्र कार्कीले गाउँका अगुवा, छिमेकी, भद्रभलाद्मी, पीडित र पीडक पक्षबीच भएको छलफलका क्रममा बलात्कारबाट पीडित भएकी बालिकाका परिवारलाई एक लाख ५० हजार रुपैयाँ दिएर घटना बाहिर नल्याउने सहमति भएको बताए ।
गत असार २० गतेको घटना भए पनि विभिन्न डर र धम्कीका कारण पीडित परिवार चुप बस्न बाध्य भएको प्रहरीले जनाएको छ । बालिकामाथि रंगेली नगरपालिका–९ का २५ वर्षीय रोमन मगर, २४ वर्षीय प्रीन्स अधिकारी र २३ वर्षीय सुनिल चौधरीले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनापछि गाउँमा छलफल बोलाइएको र पैसा लेनदेन गरेर घटना गुपचुप राख्ने भनेर कागज समेत गरिएको कार्कीको भनाइ छ । उनले पैसाको लेनदेन हुनु अघि नै थाहा पाएका कारण घटनालाई अनुसन्धानको दायरामा ल्याइएको जानकारी दिए ।
घटनामा संलग्न मध्ये मगर र अधिकारी पक्राउ परेका छन् । चौधरी फरार रहेका कारण खोजी भइरहेको प्रहरीले जनाएको छ । पीडितलाई भने विराटनगरमा ल्याएर एउटा संस्थाको संरक्षणमा राखिएको छ ।


उक्त मिलापत्रमा तीन जना मिलेर जवरजस्ती करणी गरेकोमा पीडितको उपचार लगायत सामाजिक सुरक्षाका लागि एक लाख ५० हजार रुपैयाँ दिने सहमति भएको उल्लेख छ । मिलापत्रमा घटनामा संलग्न तीनै जनाले घटना स्वीकार गर्दै हस्ताक्षर पनि गरेका छन् ।


कार्कीले बलात्कारमा संलग्न विरुद्ध जवरजस्ती करणी ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्