प्रदेश १ सरकार ट्राफिक प्रहरीलाई प्रबिधिमैत्री बनाउँदै, दियो ७७ लाखको सामाग्री

प्रदेश १ सरकार ट्राफिक प्रहरीलाई प्रबिधिमैत्री बनाउँदै, दियो ७७ लाखको सामाग्री

विराटनगर, १३ साउन ।
प्रदेश सरकारले ट्राफिक ब्यवस्थापनका लागि प्रदेश प्रहरी कार्यालयलाई ७७ लाख बरावरको सामाग्री उपलब्ध गराएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मार्फत गरिद गरिएको सामाग्री हस्तान्तरण गरिएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले   ४८ लाख १७ हजार १९० मुल्यको ¥याडर गन ७ सेट, ४ लाख २९ हजार ४ सय मुल्य पर्ने २० सेट ब्रेथलाईजर, ४ लाख २९ हजार ४ सय मुल्य बराबरको एक सय सेट ह्वीक लक प्रदेश प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीलाई  हस्तान्तरण गरेका हुन् ।
प्रविधिमैत्री सुरक्षा तथा ट्राफिक ब्यवस्थापन गर्ने उदेश्यले प्रदेश सरकारले प्रदेश १ का ट्राफिक प्रहरीहरुको प्रयोजनका लागि ति सामाग्री प्रदेश प्रहरी प्रहरी प्रमुख ज्ञवालीलाई हस्तान्तरण गरिए लगत्तै प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भिबहादुर दाहाललाई हस्तान्तरण गरिएको सुचना अधिकारी मन्त्रालयका विजयकुमार मगरले  बताए । हस्तान्तरण गरिएको सामाग्रीको मुल्य ७७ लाख ९ हजार ९ सय ९० रुपैयाँ परेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्