प्रदेश १ : सोलुखुम्बुको फाप्लुमा रहेको वागवानी केन्द्र घुमघामकाे गन्तव्य बन्दै (फाेटाे फिचर)

प्रदेश १ : सोलुखुम्बुको फाप्लुमा रहेको वागवानी केन्द्र घुमघामकाे गन्तव्य बन्दै  (फाेटाे फिचर)

साेलुखुम्बु, १४ साउन । प्रदेश १ को सोलुखुम्बुको फाप्लुमा रहेको वागवानी केन्द्र पछिल्लो समय अवलोकन, अध्ययन तथा घुम्न आउनेहरुको गन्तव्य स्थल बन्दै गएको छ । यातायातको सहज पहुँच र निशुल्क प्रवेशको व्यवस्थाले यो ठाउँ घुमघामको मुख्य गन्तव्य बन्दै गएको हो ।

मुख्य रुपमा स्याउ खेती रहेको वागवानी केन्द्रमा किवी, आरुलगायत उच्च क्षेत्रमा हुने फलफुल, विभिन्न तरकारी वाली हेर्न पाइने भएकाले यो ठाउँ घुम्न आउनेका लागि मुख्य गन्तव्य बन्दै गएको केन्द्र प्रमुख चन्द्रमान श्रेष्ठले बताउनुभयो ।

यहाँ अध्ययन अवलोकन गर्न आउनेले अन्य ठाउँमा पनि वागवानी केन्द्र स्थापनाका लागि आवश्यक जानकारी लिएर जाने गरेको उहाँले बताउनुभयो ।

फोटोहरु ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्