जंगली च्याउ खाएर विरामी परेकी सुनिताको विराट नर्सिङ होममा उपचारको क्रमम मृत्यु

जंगली च्याउ खाएर विरामी परेकी सुनिताको विराट नर्सिङ होममा उपचारको क्रमम मृत्यु

विराटनगर १४ साउन । जङगलबाट ल्याएको च्याउ खादा एकको मुत्यु भएको छ भने एकको उपचार भईरहेको छ । पाँचथर फाल्गुन्नद गाउँपालिका ५ बस्ने ४८ बर्षीया सुनिता चेम्जोङले जंगली च्याउ खादा उनको मृत्यु भएको छ । साउन ७ गते चेम्जोङ र निजकी सासु सन्तमायाले जंगलबाट च्याउ ल्याएर खाएपछी घर ४ जना परिवार विरामी परेका थिए । परिवार मध्ये २ जना सिकिस्त र २ जनाले बान्ता मात्र गरेको मृतक सुनिताका छोरा नविन लिम्बुले बताए । सिकिस्त विरामी पर्नेमा आमा सुनिता र बोजु सन्तमाया रहेको उनले बताए । बोजुको अहिले मनमोहन अस्पताल बिर्तामोड झापामा उपचार भईरहेको छ । आमालाई यता विराटनगरको नर्सिङ होममा उपचार गराउदा गराउदै ज्यान अस्पतालका चिकित्सकले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्