विराटनगरका प्लस टु कलेजको नतिजा : कसले कति ल्याए, अर्किड नेपाल प्रथम भएको दावी

विराटनगरका प्लस टु कलेजको नतिजा : कसले कति ल्याए, अर्किड नेपाल प्रथम भएको दावी

प्रेम देवान ।
विराटनगर, १४ साउन । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा सोमबार सार्वजनिक भयो । नतिजामा उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ जना छ । परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिक तर्फ गरि कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए । बोर्डले गतवर्ष देखि कक्षा १२ को नतिजा ग्रेडिङ पद्धतिअनुसार प्रकाशित गर्न थाले सँगै कलेज र विद्यार्थीलाई अंक हेर्न अन्यौलमा छन् ।
यसैविच विराटनगरलाई प्रदेश नम्बर १ को शैक्षिक हवको रुपमा चिनिन्छ । विराटनगरमा धेरै प्लस टु कलेज छन् । परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरि रहँदा कुन विराटनगरका कुन कलेजले कति ल्याए भन्ने बारेमा आज आवर विराटनगरले सार्वजनिक समाचार मार्फत सार्बजनिक गरेको छ ।
विराटनगरमा रहेको अर्किड कलेजले विज्ञान संकायमा नेपाल प्रथम भएको दावी गरेको छ । कक्षा १२ का निश्चल गुरागाईले ३ दशमलव ९२ जिपिए ल्याई नेपाल प्रथम हुन सफल भएको अर्किडका व्यवस्थापन समितीका अध्यक्ष अमित ढकालले जानकारी दिए । अध्यक्ष ढकालका अनुसार, विज्ञान संकायमा ३ सय ४० विद्यार्थी रहेकोमा गुरागाईले नेपालभर उत्कृष्ट नतिजा ल्याएको बताए । कलेजबाट परीक्षा दिएका मध्ये ९० प्रतिशत उर्तीण भएको रिजल्ट आएको कलेजले जनाएको छ ।
त्यसैगरी गत बर्षको झै यस पटक पनि विराटनगरको शिक्षादिप कलेजले रिजल्टलाई निरन्तरता दिएको छ । कलेजबाट साईन्स, कम्प्युटर साईन्स र मेनेजमेन्ट गरी ८ सय ५२ जनाले परीक्षा दिएका थिए । जस मध्ये शिवम् गुप्ताले सबैभन्दा उत्कृष्ट अकं ल्याएका छन् । उनले ३.८५ जिपीए ल्याएका छन् । ३ं.१ बढी जिपिए ल्याउने १८ जनाले ए प्लस , २. ८१ मथि जिपिए वि प्लस ल्याउने ४ सय ३९ जना रहेकोे कलेजका प्रिन्सीपल ज्ञानु खड्काले जानकारी दिए ।
त्यसैगरी भानु प्लस टु कलेजले ९३.२७ प्रतिशत रिजल्ट उर्तीण भएको जनाएको छ । कलेजमा साईन्स र मेनेजमेन्ट पढ्ने ३ सय २६ जनाले परीक्षा दिएको कलेजका प्रिन्सीपल आरसी कोईरालाले जानकारी दिए ।
त्यस्तै सेन्टजोसेफ कलेजले शत प्रतिशत विद्यार्थीहरु पास भएको दावी गरेको छ । होटल मेनेजमेन्ट र साईन्स गरी जम्मा १ सय ३० जनाले परीक्षा दिएको कलेजका निर्देशक रोहितजङ्ग थपलियाले जानकारी दिए ।
विराटनगरको मेरील्याण्ड कलेजले ९५.६ प्रतिशत नतिजा ल्याउन सफल भएको छ । कलेजले ३.६५ जिपीएमा ४१ जना , ३ जिपीए भन्दा माथि २४५ जना रहेको कलेजका प्रिन्सीपल लक्ष्मण ढकालले जानकारी दिए । त्यसैगरी कलेजमा ३.८४ ल्याउने रश्मी पोखरेल, राहुल कोथरी र रश्मी अटल रहेका छन् ।


विराटनगरस्थित अरनीको उच्च माविबाट ५ सय ५० जनाले दिएको विज्ञान संकायको परीक्षामा २१ जनाले ए प्लस, २ सय ७५ जनाले ए ल्याएर उत्तिर्ण भएको उच्च माविका प्रमुख राजेश कार्कीले जानकारी दिए ।

यस्तै कान्तिपुर उच्च माविबाट विज्ञान र व्यवस्थापन गरि ६ सय ९३ जनाले दिएको परीक्षामा १५ जनाले ए प्लस, ५० जनाले ए र २ सय ५५ जनाले बी प्लस ल्याएर उत्तिर्ण भएको प्रिन्सिपल भुवन नेपालले जानकारी दिए ।
विराटनगरकै ग्रिनल्याण्ड उच्च माविबाट तीन जनाले उत्कृष्ट नतिजा ल्याएका छन् । सचिन गौतम, रीता निरौला र अस्मिता बास्तोलाले समान ३.७८ जीपए ल्याएको कलेज प्रमुख दिपक पोखरेलले जानकारी दिए । उनका अनुसार, ४ सय ३६ जना विद्यार्थीले दिएको परीक्षामा १९ जनाले ए प्लस, १ सय ७१ जनाले ए र १ सय ४७ जनाले बी प्लस ल्याए उत्तिर्ण भएको बताए ।
एभरेष्ट उच्च माविबाट पनि विज्ञान र व्यवस्थापन गरि १ सय ६१ जनाले दिएको परीक्षामा शतप्रतिशत उत्तिर्ण भएको एभरेष्टका प्रिन्सिपल टिकाराम पुरीले जानकारी दिए । विराटनगरस्थित कोवास कलेजले पनि उत्कृष्ट नतिजा ल्याएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्