ठेक्केदारको लापरवाहीले रंगेली बसपार्कमा निर्माण भएको भवनको छत बाङ्गियो

ठेक्केदारको लापरवाहीले रंगेली बसपार्कमा निर्माण भएको भवनको छत बाङ्गियो

रबिन्द्र बराल
रंगेली, १५ साउन ।
मोरङको रंगेली नगरपालिका ७ मा रहेको स्थित बसपार्कमा मंसिर १७ गतेदेखि १८ वटा कोठाको सटर निर्माण सुरु भयो । स्थानीय भने रंगेलीमा विकासका पुर्वधारको काम राम्रो भएको भन्दै खुसी देखिए । केही साता आगडि आएको अविरल वर्षा भएको बेला छतको ढलान भएको तथा निर्माणमा लापरवाहीपुर्ण काम भएपछि पुर्बाधार नै बाङ्गीएको छ ।

गोविन्द कन्स्ट्रक्सन बिराटनगरले निर्माणकालागि कुल ६५ लाखमा ठेक्का पाएको थियो । निर्माणको ठेक्का लिएको ठेकेदारले निर्माणको काममा लापरवाही गरेको बारेमा रंगेली नगरपालिकाले पनि कुनै वास्ता खोजी भने गरेको छैन ।
स्थानीय निकेश थापाले छत ढलानको दिन वर्षा भएको बेलामा छत ढलान गर्दा अहिलेको अबस्था आएको बताए । ईन्जिनियर लगायत जनप्रतिनिधिहरु समेतले उक्त दिन ढलाना हुनबाट कसैले नरोकेको र राति १२ बजेसम्म छत ढलान भएको स्थानीयको भनाई छ ।
छत ढलान गरिएको सबै सिमेन्ट बगाए पछि उक्त ठाउँमा छड समेत देखिएको तर ठेक्केदारले पुनः माथि बाट प्लस्टर गरेर टालटुल पार्ने काम भएको स्थानीय बताउँछन् ।
स्थानीय अशुपत्ति मन्डलका अनुसार छतको सेट्रिङ गर्ने समयमा बेवास्ता गरेपछि अहिले भवनको अधिकांस ठाउँमा बाङ्गो र फुटेको बडि मात्रै रहेको छ । निर्माणको काममा भएको लापरवाही अहिले पनि राम्रोसँग देख्न सकिने स्थानीयले सुनाए ।
गोविन्द कन्ट्रसनका संचालन तथा ठेकेदार अशोककुमार साहले काम गर्दे जाँदा गल्ती भएको स्वीकार गर्दै विग्रिएको ठाउँमा पुनः मर्मत गरिने भन्दै पन्छिएका छन् । ठेकेदारले मापदण्ड विपरित बनाएको सडकको भुक्तानी भने पाई सकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्