विराटनगरको हिमालय दर्शन कलेजमा विद्यार्थीलाई मोटिभेसनल सम्बन्धी प्रशिक्षण

विराटनगरको  हिमालय दर्शन कलेजमा विद्यार्थीलाई मोटिभेसनल सम्बन्धी प्रशिक्षण

विराटनगर १५ साउन । विराटनगर १० मा रहेको हिमालय दर्शन कलेजले विद्यार्थीका समस्यामा आधारीत समाधान कसरी गर्ने भन्ने विषयमा एक दिने मोटिभेसनल प्रशिक्षण दिएको छ ।


युवा मोटिभेसनल ‘रवि किरण’ ले कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यार्थीको जिवनमा आई पर्ने समस्यालाई कसरी सामाधान गर्ने भन्ने विषयमा मोटिभेट गराएका थिए ।
‘रवि किरण ’ ले समस्यालाई ध्यान , योग र चिन्तनको माध्यमबाट पत्ता लगाई समाधान गर्ने खालका मोटिभेट गराएका थिए । हिमालय दर्शन कलेजले हरेक महिना पढाईका अतिरिक्त मोटिभेसनलका कक्षाहरु संचालन गर्ने गरेको कलेजका सस्थापक निर्देशक भेषराज पोखरेलले जानकारी दिए ।


कलेजले हरेक मासिक कार्यक्रम अन्र्तगत पढाई सँगसँगै विभिन्न अतिरित्त ज्ञानवद्धक गतिविधीका कक्षाहरु संचालन गर्दै आएको पोखरेलले बताए ।
कलेजमा अध्ययरत वि।एस्सी सीएस आईटी , वि।आई।एम, वि।सीएका विद्यार्थीहरुलाई मेटिभेट गरिएको थियो । विद्यार्थीहरुले यस्तो मोटिभेसन कार्यक्रमले आफूहरुको विद्यार्थी जीवनमा अति महत्वपुर्ण रहेको र धेरै ज्ञान हासिल गरेको बताए ।
साथै कलेजले हरेक वर्ष विद्यार्थीहरुलाई पढाईका अतिरिक्त विभिन्न व्यावहारीक ज्ञान बाढ्दै आएको कलेजका प्रिंन्सीपल भरत सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्