नेपाल बन्द हुदाँको असर, ‘मानिसको घरमा भातै पाक्दैन’, हेर्नुस् यस्तो छ सर्टभुमी

नेपाल बन्द हुदाँको असर,  ‘मानिसको घरमा भातै पाक्दैन’, हेर्नुस् यस्तो छ  सर्टभुमी

विराटनगर, १५ साउन ।
विराटनगरका कलाकारहरुद्धारा अभिनित ‘नेपाल बन्द’ नामको सर्ट मुभी (छोटो चलचित्र) युट्युव मार्फत सार्वजनिक गरिएको छ । विराटनगरमा बसेर लामो समयदेखि छोटा फिल्म तथा डकुमेन्ट्री बनाउदै आएका निरज तिमल्सिनाले पुन अर्को नेपाल बन्द सम्बन्धी सर्ट मुभी तयार पारेका छन् । करिब एक मिनेटको फिल्मबाट बन्दको असर कस्तो हुन्छ भनेर देखाउन खोजिएको छ ।
नेपालमा प्राय बन्द भईरहन्छ । तर त्यही बन्दले आम सर्वसाधरणको घरको चुलामा आगो बल्दैन । दैनिक गुजरा गरेर खाने मजदुरको घरमा त झनै समस्या हुने सर्टमुभीमा देखाउन खोजिएको छ । बन्दको कारण भोकभोकै बस्नु पर्ने समस्या पनि भुमीमा छ ।
बन्दको बेला एउटा मजदुरले भोगेको यथार्थ पिडालाई कथामा समेटिएको निर्देशक निरज तिमल्सिनाले जानकारी दिए । उनले यस अघि आधा दर्जन भन्दा बढी सानो खालका सर्ट मुभी बनाईसकेका छन् । नेपाल बन्द नामको सर्ट मुभीमा निरज ब्ल्याक , असिना भट्ट र मन्जरी न्यौपाने रहेका छन् ।

https://www.youtube.com/watch?v=OhJPJOOsDuI&feature=youtu.be&fbclid=IwAR0_RErFH7ovx7L2H4W9QoDh1WSnfLIdJxmO12DF2pVp9IVYSxryg-uT6wU

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्