रोजगारी माग्दै विराटनरस्थित मुख्यमन्त्री कार्यालयमा अस्थायी शिक्षकको धर्ना

रोजगारी माग्दै विराटनरस्थित मुख्यमन्त्री कार्यालयमा अस्थायी शिक्षकको धर्ना

विराटनगर, १६ साउन ।  अस्थायी करार शिक्षक आन्दोलन समिति प्रदेश नं. १ ले बुधबार विराटनरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना दिएका छन्।

देशभरका सम्पूर्ण अस्थायी शिक्षकहरुलाई पूर्ववत रुपमा उमेरको हदसम्म सेवाबाट नहटाई काम गर्ने अवसर दिनुपर्ने र औषधोपचारको व्यवस्था गर्नुपर्ने माग गर्दै उनीहरुले मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिएका हुन्।  देशभर रहेका १३ हजार बढी शिक्षकहरु लामोसमय देखि आन्दोलनरत छन् ।

१ नम्बर प्रदेशमा मात्रै अस्थायी करार शिक्षकको संख्या १ हजार ५ सय बढी छ ।  आफूहरुको योग्यता र क्षमता रहँदासम्म शिक्षण पेशा गरेको बताउँदै उनीहरुले २०/२५ वर्षको सेवा गरिसकेपछि राज्यले अपमानित ढंगले सेवाबाट निकालेकाले आक्रोश व्यक्त गरेका छन्।  नेपाल सरकार, नेपाल शिक्षक महासंघ र अस्थायी शिक्षक आन्दोलन समितिबीच विभिन्न चरणको सम्झौता भएपनि साधारण प्रक्रियाबाट परीक्षा लिइ स्थायी गर्ने बाहनामा एकैचोटी सबै शिक्षक असक्षम बनाएको शिक्षिका टीका रिजालले आरोप लगाए।

योग्यता, क्षमताको बेवास्ता गर्दै अस्थायी शिक्षक परिवारलाईसमेत आतंकित बनाइएको शिक्षक सन्तोषकुमार अमातले बताए। शिक्षा ऐनको आठौं र नवौं संशोधन गरेर अवकास दिने परिस्थिति सिर्जना भइरहेको भन्दै उनीहरुले अस्थायी शिक्षकहरुको जागिर सुरक्षित गरिदिन माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्