रकम हिनामिनाको आरोपमा आयल निगम विराटनगरका प्रमुख यादव तानिए

रकम हिनामिनाको आरोपमा आयल निगम विराटनगरका प्रमुख यादव तानिए

विराटनगर, १६ साउन ।   नेपाल आयल निगम विराटनगरका प्रमुख दिनेशकुमार यादव केन्द्रीय कार्यालयमा तानिएका छन् । निगमले उनलाई चार करोड रूपैयाँ हिनामिना गरेको आरोपमा केन्द्रीय कार्यालयमा तानेको स्रोतले बताएको छ ।

उनी विराटनगर दोस्रो पटक सरूवा भएर आएपछि निगमले लागू गरेको ट्याक्टरको लक सिस्टम विगारेर तेल चोरी गरेको र लस बढाएको आरोप लगाउँदै उनलाई कारवाही गरिएको हो ।

उनी विराटनगरमा दोहोर्याएर आएपछि निगमलाई चार करोड बराबरको नोक्सानी पुर्याएको आरोप लगाइएको छ । यादवका ठाउँमा नवौं तहका इञ्जिनियर अशोक साहलाई प्रमुख बनाई निगमले पठाएको छ । उद्घोष दैनिक 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्