विराटनगर महानगरपालिकाले १९ वटै वडामा पार्क बनाउने, राजबंशी चोकमा बन्यो (फोटो फिचर)

विराटनगर महानगरपालिकाले १९ वटै वडामा पार्क बनाउने, राजबंशी चोकमा बन्यो (फोटो फिचर)

विराटनगर, १६ साउन ।
विराटनगर महानगरपालिकाले राजबंशी चोकको पश्चिम सडकमा पार्क निर्माण गरेको छ । मझौला सहर एकिकृत वातावरणीय सुधार आयोजना अन्तरगत निर्माण भएको पार्क निर्माण भएको पार्क विराटनगर महानगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरेको हो ।
मेयर भीम पराजुलीले पार्कको उद्घाटन गर्दै हरेक वडामा एउटा पार्क निर्माणको कामलाई महानगरपालिकाले प्राथमिकतामा राखेको बताए । पार्कले सौन्दर्य बढाउने भएकोले हरेक वडामा एउटा पार्क निर्माण गर्ने कामको थालनी गरेका छौ, मेयर पराजुलीले भने । विकासको काममा बजेट आबश्यक पर्ने भएपनि संघीय सरकार र प्रदेश सरकारले अन्य पालिका तथा महानगरपालिका भन्दा विराटनगरलाई उपेक्षा गरेको आरोप समेत लगाए । उनले विकासका धेरै काम हुँदै गएको तर थप हुनु पर्ने काममा केही बजेट तथा श्रोत साधनको अभावका बिचमा काम गर्दै गएको सुनाए । महानगरपालिकाले आफ्नो तर्फबाट धेरै कामहरु गर्दै आएको भएपनि नागरिकको तर्फबाट पनि महानगरपालिकालाई सहयोग गर्न आग्रह गरे ।
कालिका कष्ट्रक्सनले विराटनगरको विकासमा महत्वपुर्ण भुमिका खेलेको भन्दै प्रशांसा गरेका मेयर पराजुलीले विकासको काम पुरा भएका ठाउँमा ति पुर्वाधारको संरक्षण भने स्थानीयको सहभागीतामा हुनु पर्नेमा जोड दिए ।
विराटनगरकी उपमेयर ईन्दीरा कार्कीले महानगरपालिकाले दमक नगरपालिकाबाट सिक्नु पर्ने धेरै रहेको बताईन् । विकासदेखि सरसफाईमा दमक नगरपालिकाले धेरै फड्को मारेको स्मरण गर्दै सामान्य सरसफाईमा पनि नगरवासीको भुमिका महत्वपुर्ण हुने भएकोले महानगरलाई साथ दिन आग्रह गरिन् ।
‘आफ्नो घर आँगन सरसफाईको दायित्व नगरवासीको हो, उपमेयर कार्कीले भनिन्, ‘घर वरिपरिको सरसफाई गरेर जम्मा गरेपछि त्यसलाई ब्यवस्थित गर्ने दायित्व महानगरपालिकाको हो ।’ पार्क निर्माण गरेर गाउँलाई सुन्दर बनाउने काम महानगरपालिकाले गर्दै आएको छ अब त्यसको संरक्षण र सरसफाईको दायित्व टोलवासी र नगरवासीले लिनु पर्ने बताईन् । उपमेयर कार्कीले सबै मिलेर बिराटनगर महानगरपालिका बनाउने अभियानमा जुट्न आग्रह गरिन् ।
हरेक वडामा पार्क बनाउने अभियानमा लागेको महानगरपालिकाले भएको पार्कलाई ब्यवस्थित गर्ने र नभएका ठाउँमा नयाँ पार्क बनाउने अभियान चलाएको हो । यस अघि पुरानो निर्माण भएर पनि संचालनमा आउन नसकेको ईकोपार्क संचालनमा ल्याएको छ भने राजबंशी चोकमा नयाँ पार्कको उद्घाटन भएको छ । त्यस्तै सरस्वती टोलमा पनि परियोजना अन्तरगतको पार्क निर्माणको काम भईरहेको कालिका कष्ट्रक्सनका सुपरभाईजर उज्जल प्रसाईले जानकारी दिए । उनका अनुसार आज हस्तान्तरण भएर उद्घाटन भएको पार्क कालिका कष्ट्रक्सनले निःशुल्क बनाई दिएको हो ।
यसैबिच स्थानीयले बिराटनगर महानगरपालिकाको विकासको काममा धेरै ठाउँमा कैफियत देखिएको गुनासो मेयर पराजुलीmलाई राखेका छन् । निर्माण पुरा नहुँदै सडकको उदन्घाटन गर्ने, माग भएका योजनाहरु नआउने जस्ता समस्या भएको समेत सुनाएका हुन् । राजबंशी टोल विकास संस्थाका अध्यक्ष तथा स्थानीय मुरारी धितालले मेयरले खानेपाली, बिजुली तथा सरसफाईको बारेमा ध्यानाकर्षण गराएपनि ध्यान नगएको अबस्थामा आश्वस्त पारेर पार्क उद्घाटन गरिएको भएपनि भोलीका दिनमा फेरी बेवास्ता गरिए मेयरलाई समाएर ल्याईने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्