विराटनगरमा भेटियो पाउरोटीमा साङ्ला, कारण र परिणाम सहितको भिडियो रिपोर्ट

विराटनगरमा भेटियो पाउरोटीमा साङ्ला, कारण र परिणाम सहितको भिडियो रिपोर्ट

प्रेम देवान ।
विराटनगर, १६ साउन । हरेक दिन विहानको खाजा पाउरोटी, औपचारिक कार्यक्रममा जाँदाको खाजा पाउरोटी, बालबालिकालाई भुल्याउनको लागि खुवाईने पाउरोटी, अनी भोकलाग्दा बेलुकीको छाक टार्ने तथा तत्काल पेट भर्नको लागि खाईने खाजा हो पाउरोटी । तर सामान्यतया हामीले खाजाको रुपमा प्र्रयोग गरीने यस्ता खाद्य बस्तुको गुणस्तर कस्तो छ त ? त्यो कसैले पनि ख्याल गरेको पाईँदैन । ड्राईफुडको रुपमा प्रयोग हुने यस्ता खाद्य वस्तुको गुणस्तरमा पछिल्ल्लो समय गम्भीर प्रश्न उठ्न थालेको छ । पछिल्लो समय विराटनगरमा पाउरोटीमा भेटिएको मरेको साङ्लोको विषयले सबैलाई यस्ता खाद्यबस्तुलाई कसरी प्रयोग गर्ने भन्न्ने गम्भीर आशंका उब्जीएको छ ।

यस्तो छ, विराटनगरको पाउरोटी काण्ड
साउन १४ गते मंगलवार बेलुका ५ विराटनगर ११ जनपथ टोलीकी कमला अग्रवाल घरमा खाजा खानको लागि पाउरोटी किन्न बजार गईन् । उनी नजिकै रहेको विराटनगरको गुद्रीमा रहेको योगेस किराना पसलमा पुगिन् । उनले घरलाइए आबस्यक पर्ने दुई प्याकेट पाउरोटी किनेर घरमा ल्याईन् । किनेर लगिएको पाउरोटी सिधै उनले घरमा लगेर राखिन् । नी अर्को दिन साँझ ५ बजेतिर सबै घरमा आएको बेला निकालेर खान खोज्दा उनका परिवारले भेटे पाउरोटी भित्र मरेको साङ्लो । पाउरोटीमा तपाई हाम्रो घरमा भेटिने साङलो पाईएपछि उनीहरु छक्क परे ।
हामीले दैनिक प्रयोग हुने खाद्य बस्तुमा साङ्लो भेटिएपछि उनका छोरा अंकित अग्रवालले त्यसको फोटो खिचेर राखे । पाउरोटी बनाउने कम्पनीको लापरवाहीका कारण मानवीय स्वास्थ्यमा गम्भीर असर गर्ने गरी सरसफाईमा ध्यान नदिँदा यस्तो भेटिएको उनीहरुले निश्कर्ष निकाले ।
आम नागरिकको सरोकारको बिषयलाई उठाउँदै आएको आवर विराटनरमा यो बिषयको जानकारी सहितको फोहो आएपछि ओबी टिम यसमा लाग्यो ।
पाउरोटीको कम्पनी पत्ता लगाउने क्रममा विराटनगर १० शान्ति चोक छेउमा रहेको निरभाना कम्पनी रहेको फेला प¥यो । विगत ९ बर्षदेखी नारायण थापाले सञ्चालन गर्दै आएको निरभाना पाउरोटी कम्पनीबाट उत्पादन भएको ठुलो पाउरोटीको प्याकिङ भित्र साङ्लो भेटिएको हो । हामी साङ्लो सहितको पाउरोटी बोकेर कम्पनी पुग्यौँ । हामी उक्त कम्पनी भित्र पुग्दा कम्पनी संचालककी एक महिला पनि कपाल कोर्दै गरेको पाउरोटी बनाईने ठाउँमा नै भटियो ।
पाउरोटी उत्पादक कम्पनीका संचालकको कुरा सुन्दा लाग्दै यो गल्ती सामान्य हो । तर आम उपभोक्ताको बिषय सानो बिषय पक्कै थिएन । कम्पनी नै ब्यवस्थित नगरी उत्पादन भएका खाद्य सामाग्रीको परिणाम अहिलेको पाउरोटीको प्याकिङ भित्र मरेको साङ्लो फेला पर्नुले पुष्टि गरेको छ ।
पछिल्ल्ला दिनहरुमा यस्ता घटनाहरु प्रसस्तै देखिन थालेका छन् । गुणस्तरमा ध्यान नदिँदा कम्पनीहरु निरन्तर उत्पादन गर्ने, उपभोक्ता खाई रहने तथा बिरामी पर्ने क्रम पनि कतिपय घटनाक्रमहरुमा देखिएका छन् । जसले गर्दा उपभोक्ताको अधिकारका कुरा गर्ने संघ संस्थाहरु यस्ता घटना देखेर पनि नदेखेको जस्तै गरिरहेका छन् ।

क्षेत्रीय खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय मोरङका प्रमुख प्रमोद कोईरालाले यदी कुनै उद्योगले नागरिकको स्वास्थ्यमा असार पार्ने खालका गतिबिधि गर्छन् भने त्यसलाई कार्वाहीको दायरामा लगिने बताए । उनका अनुसार अहिले सम्म पिडितको तर्फबाट कुनै निवेदन तथा उजुरी नआएको कारण कुनै कार्वाही प्रक्रिया अगाडि बढाईएको छैन, जानकारी आउने बितिकै उद्योगलाई बन्द गर्ने देखि मुद्दा दायर गर्नेसम्मको काम शुरु हुने प्रमुख कोईरालाले जानकारी दिए ।
आम उपभोक्ता पनि उपभोग्य बस्तुको उपभोग्य समय नहेर्ने, त्यो भित्रको अबस्था कस्तो छ त्यसको जानकारी नलिने प्रबृति पनि देखिन्छ । सरकारी संयन्त्रको बजार अनुगमन नहुँदाको फाईदा उठाउँदै ब्यापरीले उपभोक्ताको स्वास्थ्यमा असार पार्ने खालका सामाग्री पठाउने क्रम पनि शुरु भएको छ । जसले गर्दा आम उपभोक्ता सँधैको त्रासमा देखिएका छन् । पाउरोटीको प्याकेट भित्र भेटिएको मरेको साङ्लोको बारेमा उपभोक्तावादीले कहिले थाहा पाउने हुन् अनी सरकारी संयन्त्रले कहिले कार्वाही गर्ने हो त्यो भने हेर्न बाँकी नै छ ।

https://www.facebook.com/ourbrt/videos/607754223081874/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्